भ्रष्टाचारी जोगाउन काँग्रेस–एमाले मिलेका हुन् : प्रचण्ड

भ्रष्टाचारी जोगाउन काँग्रेस–एमाले मिलेका हुन्  : प्रचण्ड

सुर्खेत - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टचारी जोगाउन काँग्रेस र एमाले एकजुट भएको बताए । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका प्रचण्डले यस्तो आरोप लगाएका हुन् । 
उनले भने,सरकारबाट बाहिरिएपछि हामी पार्टीलाई मजवुत बनाउन लागिपरेको बताए । अब म ७० बसन्त पार गर्दैछु । सधै नेतृत्वमा वसिरहनुपर्छ भन्ने मान्यता नभएको स्पष्ट पारे ।  भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको प्रचण्डले दावी गरे । गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिँदै,यो विद्रोहको भाषा होइन,उनले थपे । 

एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज नभएको बताए । नेपालको मुलकानुन संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको छ,एकदुई जनाले हिंसा शब्द प्रयोग गर्ने वित्तिकै संविधान नै बदलिने होइन ।  पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै प्रचण्डले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रूपमा सतहमा ल्याएको बताए । पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भईसकेको जानकारी दिए ।

प्रतिक्रिया