दैलेखी सेवा समाज काठमाडौँद्वारा तीज विशेष कार्यक्रम

दैलेखी सेवा समाज काठमाडौँद्वारा तीज विशेष कार्यक्रम

काठमाडौँ - दैलेखी सेवा समाज काठमाडौँले तीज विशेष कार्यक्रम मनाएको छ । दैलेखी सेवा समाज काठमाडौँको आयोजनामा बृहत भेला तथा तीज विशेष कार्यक्रम मनाएको हो ।

जन्मथलो दैलेख भएर काठमाडौँलाई कर्मथलो बनाएका दैलेखीहरुद्वारा स्थापना गरिएको दैलेखी समाज काठमाडौँले काठमाडौँमा रहेको लर्ड पार्टी भेनु धुम्बाराहीमा तीज विशेष कार्यक्रम मनाएको बताइएको छ  । तीज विशेष कार्यक्रममा काठमाडौँलाई कर्मथलो बनाएका दैलेखीहरुको सहभागिता रहेको दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीले बताउनुभयो । 

बृहत भेला तथा तीज विशेष कार्यक्रममा दैलेखबाट निर्वाचित सांसद, जनप्रतिनिधि, कर्मचारी लगायत काठमाडौँलाई कर्मथलो बनाएका दैलेखीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया