तीन स्रष्टा एवं कृतिलाई यसवर्षको फेडोल सम्मान

तीन स्रष्टा एवं कृतिलाई यसवर्षको फेडोल सम्मान


भक्तपुर - फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको सम्मान तथा लोकार्पण कार्यक्रममा तीन कृतिका स्रष्टालाई २०८१ सालको फेडोल उत्कृष्ट सम्मान प्रदान गरिएको छ । 

प्रतिष्ठानले शिवप्रसाद ढकाल (भक्त गाथा), खेमराज निरौला (क्रान्तिदूत) र अभय श्रेष्ठ (लहना र तीर) लाई सो सम्मान प्रदान गरेको जनाएको छ । स्रष्टाहरुलाई प्राडा माधवप्रसाद भट्टराईले उत्कृष्ट सम्मान प्रदान गर्दै नेपाली समाज र परिवेशेको प्रतिनिधित्व गर्दै नेपाली साहित्य अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पुरस्कार ग्रहणपछि स्रष्टा अभय श्रेष्ठले कृति र स्रष्टाको मूल्याङ्कन गर्दै यस प्रकारले पुरस्कार र सम्मान गर्दा नेपाली साहित्यको विकास ठूलो टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा मोहन आचार्य, प्राज्ञ हेमनाथ पौडेल र रमेश शुभेच्छुकले उत्कृष्ट कृति र सम्मानित व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रमका सभापति एवं प्रतिष्ठानका अध्यक्ष राममणि ढुङगेलले हरेक वर्ष बिभिन्न श्रष्टा र साहित्यकारहरुलाई प्रदान गर्दै आएको पुरस्कार र सम्मानले साहित्यको विकाससंगै लेखकहरुमा थप उत्साह पुग्ने बताउनुभयो । 

जनमत भक्तपुर विशेषाङ्क बिमोचन
सोही कार्यक्रममा भक्तपुरका साहित्यकार र उनीहरुको सृजनालाई समेटेर प्रकाशन गरिएको साहित्यिक पत्रिका जनमतको भक्तपुर विशेषाङ्क सार्वजनिक गरिएको थियो ।

साहित्यकार प्रा।डा। हेमनाथ पौडेल, प्रतिष्ठानका अध्यक्षन एवं जनमत भक्तपुर विशेषाङ्कका अध्धयक्ष राममणि ढुङ्गेल, कथाकार धनमान श्रेष्ठ, जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाललगायतले जनमत भक्तपुर विशेषाङ्क सार्वजनिक गर्नुभयो ।

कार्यक्रममा स्रष्टाहरुले जनमत साहित्यिक पत्रिकाले देशभरका साहित्य एवं रचनालाई सङ्कलन गर्दै पाठकसम्म पुर्याउने भूमिका निर्वाह गर्दै आएको चर्चा गरिएको थियो ।

प्रतिक्रिया