सोसेकद्धारा ३१ करोड भन्दा बढी बजेट प्रस्तावित

सोसेकद्धारा ३१ करोड भन्दा बढी बजेट प्रस्तावित

दिगो विकास,जलवायु परिवर्तन न्यूनिकरण र सामाजिक क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले आर्थिक बर्ष ०८२।०८३ को लागि ३१ करोड ८३ लाख ३५ हजार २७३ बजेट प्रस्तावित गरेको छ । 
भदौं ११ गते संस्थाको २७ औं बार्षिक उत्सव एवं साधारण सभामा सो बजेट प्रस्तावित गरेको हो । चालु आर्थिक बर्षमा भने संस्थाले ३९ करोड ६६ लाख२४ हजार १० रुपैया अनुमानित बजेट प्रस्तुत गरेको थियो । 
त्यसैगरि गत बर्ष महिला युवा, तथा बालअधिकार,प्रवर्धन आधार परियोना राउटे,कुसुण्डा, भेदभाव सम्बोधन तथा पोषण र सामाजिक न्याय प्रवर्धन,ग्रीन कर्णाली परियोजना,भुकम्प प्रभावितलाई राहत,खानेपानी सरसफाई तथा स्वच्छता प्रतिकार्य परियोजना लगायत विभिन्न परियोजना मार्फत २२ करोड १४ लाख ३३ हजार ९२ रुपैयाँ खर्च गरेको थियो । 
नेपालमा  कार्यरत विभिन्न विकास साझेदार संस्थाहरु अन्र्तगत तथा सरकारी निकायसँग हातेमालो गरि संस्थाले ग्रामिण भेगका नागरिकलाई असमानताको विरुद्धको वकालत,समावेशी र जीवनउपयोगी शिक्षा,उत्थानशिल जीविकोपार्जन,खानेपानी तथा पोषण,वालसमृद्धि,सुरक्षा र जीवन रक्षा अन्तरगत,महिला अधिकार,बाल अधिकार,वालसंरक्षण,आयआर्जन तथा लघुवित्त प्रर्वद्धन,शिक्षा,स्वास्थ्य,खानेपानी तथा सरसफाई विपद,जलवायु अनुकुलन,विपन्न र सिमान्तकृत समुदायमा काम गर्दै आएको छ । 
संस्थाले लुम्बिनी प्रदेश,सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १० वटा जिल्ला ३१ वटा स्थानीय सरकार हातेमालो गरि साँझेदारी कार्यक्रम सञ्चालन गरेको छ । समानता,पारदर्शिता,जनसहभागिता र तटस्थता मुल्य मान्यतालाई आत्मसाथ गरी पिछडिएका र पछाडी पारिएका महिला,दलित,जनजाती,वालवालिका,युवा विपन्न तथा सिमान्कृत समुदायको अधिकार सहित,कर्तव्य पालन र जीवनस्तर सुधार्न विभिन्न आयआर्जनमुलक,विकास निर्माणका समेतको काम गरेको छ ।
परियोजनाबाट झण्डै ५५ हजार भन्दा बढी जनसंख्या लाभान्वित 
 सोसेक नेपाल संस्थाले सञ्चालन विभिन्न २६ वटा परियोजनाबाट ५५ हजार ८२६ जनसंख्या लाभान्वित भएका छन् । जसमा महिला ३० हजार ५२७ जना,पुरुष ३५ हजार ५५९ जना छन भने जातजाती अनुसार दलित १७ हजार ३२५ जना,जनजानी ७ हजार ४६४ जना र अन्य ३० हजार ३६३ जना लाभान्वित भएका हुन् । 
जसमध्ये बालक ११ हजार १९० जना,बालिका १५३५७ जना गरि २६ हजार ५४७ जना बालवालिका विभिन्न परियोजनाबाट लाभान्वित छन् । त्यसैगरि अपांगता भएका ९३७ जना एकल महिला ६१४ जना,एचआईभी प्रभावित १७ जना ३३ जना लैङ्किक तथा यौनिक अल्पसंख्या प्रत्यक्ष लाभान्वित भएको सोसेको प्रतिवेदनमा उल्लेख छ । 
संस्थाले विगत लामो समयदेखी समाजमा रहेको विकृती, कुसंस्कार छुवाछुत,छाउपडी प्रथा,वालविवाह,बहुविवाह हटाउनको लागि सडक नाटक सेमिनार गोष्ठी मार्फत जनचेतना जगाउँदै आएको छ । बालबालिका,महिला,दलित,युवा लोपोन्मुख,विपन्न र सिमान्कृत जातजातीको जीवनस्तर उकास्न ग्रामिण बस्तीमा आयआर्जनका क्रियाकलापलाई अगाडी बढाएको छ । जस कारण बेरोजगार युवाहरु रोजगारी समेत बनको छन् । 
भारतलाई कर्मथलो बनाएका अधिकाँश पुरुष गाउँमै बसी वाख्रापालन,व्यवसायी तरकारी खेतीबाट आम्दानी समेत गरेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । उनले भने,हामीले अधिकारबारे मात्र चेतना दिदैनौं,अधिकार सँगै कर्तव्यको बारे पनि ज्ञान दिने गरेका छौं । जसले गर्दा विकास निर्माणका कुरामा समेत आमनागरिक सचेत बन्दै गएका छन् । गाउँमा हुने छाउपडी प्रथा,वालविवाह समेत न्यूनिकरण भईरहेको थापाले दाबी गरे । 
संस्थाले विभिन्न विकास साझेदार सहयोगी निकायसँग साझेदारीमा गत आर्थिक बर्षमा सञ्चालित २९ वटा परियोजना र कार्यक्रम,संस्थाको आन्तरिक गरि १९५ जना कर्मचारी परिचालन गरि संस्थाको लक्ष्य उद्देश्य र रणनैतिक योजनाको लक्ष्य प्राप्त गर्न लागि परेको छ । संस्थामा हालसम्म महिला ११८ जना,पुरुष ७७ जना कार्यरत छन् । जसमध्ये दलित १२ जना,जनजाती २४ जना,अन्य १५८ जना कुसुण्डा १ अपांगता १२ जना रहेका छन् । 
 

प्रतिक्रिया