झाडापखालाबाट बाँकेको नरैनापुरमा चार जनाको मृत्यु

झाडापखालाबाट बाँकेको नरैनापुरमा चार जनाको मृत्यु

बाँके -झाडापखालाबाट बाँकेको नरैनापुरमा चार जनाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्। मृत्यु हुनेमा नरैनापुर गाउँपालिका ३ गेगली गाउँकी २५ बर्षिया रुसा पासी र उनकी डेढ बर्षिया छोरी नन्दनी पासी,६० बर्षिया शान्ति पासी र १० बर्षीय युसुफ अली हुन् । भदौ १५ मा चार जनाको ज्यान गएको वडानं ३ का वडाअध्यक्ष अजय मिश्राले बताए । 

भारतसँग सीमा जोडिएको गेगली गाउँमा केही दिनदेखि झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए। स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको छ, साहले भने।

झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको उनले बताए। गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने उनको अनुमान छ। 

प्रतिक्रिया