वैज्ञानिक र व्यवसायिक शिक्षाको आवश्यक छ : उपाध्यक्ष शाही

वैज्ञानिक र व्यवसायिक शिक्षाको आवश्यक छ : उपाध्यक्ष शाही

दैलेख – अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष अम्मरराज शाहीले वैज्ञानिक र व्यवसायिक शिक्षाको निम्ति अनेरास्ववियू (क्रान्तिकारी)काे अग्रसरता जरुरी रहेको बताउनुभयो । अनेरास्ववियू (क्रान्तिकारी) दैलेखको ११ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा उहाले सो विचार राख्नुभएको हो ।  

उपाध्यक्ष शाहीले युवा स्वरोजगारी र स्वदेशमै आत्मनिर्भरताको अवसरहरु सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने माग राख्नुभयो । बलिदानी र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, भ्रष्टाचार विरुद्ध कदम चालिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गिराइएको उहाँले आरोप लगाउनुभयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रेम कटुवालले संघीय राज्य व्यवस्थाले दिएको उपलब्धीको रक्षा गर्न विद्यार्थी र युवा पंक्तिले खबरदारी गर्नुपर्ने बताउनुभयो ।  अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय उपमहासचिव तिर्सना हमालले वर्तमान सरकार समावेशीता विरोधी गतिविधि सुरु गरेकोले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको खुलेर बिरोध गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

अनेरास्ववियू (क्रान्तिकारी) दैलेखका जिल्ला इञ्चार्ज प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिवद्वय सुन्दर शर्मा, तुल देबकोटा, सदस्यद्वय हिक्मत शाही, ममता अधिकारी, नेकपा माओवादी केन्द्रीय सदस्य टेकबहादुर खाण, एकीकृत अखिल शिक्षक संगठनका केन्द्रीय सदस्य बिसाखर रिजाल लगायतले बर्तमान राजनीतिक परिवेश र विद्यार्थी राजनीतिको महत्व विषयमा बोल्नुभएको थियो । 

औपचारिक कार्यक्रम सकिएपछि सुरु भएको बन्दसत्रमा सांगठनिक प्रगति तथा आर्थिक प्रतिवेदन माथि छलफल भइरहेको र भोलि विहानसम्म अनेरास्ववियू (क्रान्तिकारी) दैलेखको जिल्ला कमिटी गठन गर्ने योजना रहेको अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य मनिषा चन्दले जानकारी दिनुभयो । कार्यक्रम अघि नाराजुलुस सहित विद्यार्थीहरुले सुशासनको खबरदारी ¥याली प्रदर्शन गरेका थिए । 


 

प्रतिक्रिया