प्रदेश अस्पतालमै अब क्यान्सर रोगको उपचार गरिने

प्रदेश अस्पतालमै अब क्यान्सर रोगको उपचार गरिने

 सुर्खेत - कर्णाली प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ।
संघीय सरकारले क्यान्सर नियन्त्रण राष्ट्रिय रणनीति (२०२४ २०३०) तयार पारेसँगै अब सातै प्रदेशबाट क्यान्सर निदान र उपचार सेवा सुरु हुन लागेको हो ।

गएको मंगलबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा। शिवजी पौडेल र प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा। डा। डम्बर खड्काबीच सेवा विस्तार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ । यसैगरी सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सरकारको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने जिम्मेवारी तोकेको थियो । रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ तथा जनसंख्या मन्त्रालयले कार्यविधिसमेत पारित गरिसकेको छ ।
कर्णालीमा सेवा विस्तार हुने भएसँगै यहाँका नागरिकलाई प्राण घातक रोग क्यान्सरको उपचार गर्न अन्यत्र प्रदेश धाउन पर्ने बाध्यताको अन्त्य हुनेछ ।

प्रतिक्रिया