अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण

अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण

दुल्लू -   दैैलेखको दुल्लू नगरपालिकामा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री  बितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा संचालित हातेमालो परियोजना मार्फत शैक्षिक सामाग्री  बितरण गरिएको हो । 

दुल्लू नगरपालिका-७ स्थित जिल्लाकै एक मात्र अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लू कृतिखम्बमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री  बितरण गरिएको हाे । 

आवाशीय रुपमा अध्ययन अध्यापन हुने उक्त विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ । बितरण सामाग्रिमा शैक्षिक सामाग्री,खेलकुद, संगीत तथा आवाशीय सामाग्री, ब्रेल लिपि सम्वन्धी सामाग्री लगायत ५ लाख बराबरको सामाग्री बितरण गरिएको बताइएको छ । 

सामाग्री वितरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विद्यालयमा शैक्षिक सुधारका लागि विगत देखिनै काम गर्दै आइरहेको र गरिरहेको बताउनुभयो ।

शैक्षिक सुधारका लागि विगत देखि नै सहयोग गर्दै आइरहेको छु, उहाँले भन्नुभयो, ‘ विद्यालयका शिक्षक कर्मचारीहरुले आफ्नो दायित्व बोध गरेर अघि वढेमा शैक्षिक गुणस्तरमा पनि सुधार हुन्छ र थप आवश्यक कामका लागि आउँदा दिनहरुमा पनि मेरो सहयोग निरन्तर रहने छ ।’

सोसेक नेपालका कार्यक्रम प्रमुख नवराज बीसीले विगतदेखि नै सोसेक नेपालका  विभिन्न परियोजना मार्फत काम गदै आइरहेको बताउनुभयो । पहिलेदेखि नै अपाङ्गता भएका बालबालिकाहरुको जीवनलाई सहज बनाउँदै शिक्षा, स्वास्थ्य खेलकुद, कला संगित र हरेक क्षेत्रको विकासका लागि काम गदै आइरहेको बिसीले बताउनुभयो । 

शैक्षिक सामाग्री प्राप्त गरिसकेपछि अपाङ्गता भएका बालबालिका उत्साहित भएका छन्  ।

प्रतिक्रिया