ठाटीकाँधमा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव संचालन

ठाटीकाँधमा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव संचालन

काठमाडौँ  -   दैलेखको ठाटीकाँध गाउँपालिकामा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव संचालन गरिएको छ । श्रृङ्गारिक महा आरतीको आयोजनामा ठाटीकाँध गाउँपालिका -१ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा शैक्षिक एवंम धर्म जागरण महा-महोत्सव संचालन गरिएको हो ।

ठाटीकाँध गाउँपालिका -१ ठाटीकाँध बजार स्थित श्री कृष्ण माध्यामिक विद्यालय ठाटीकाँधमा प्राविधिक शिक्षा संचालनको लागि महा-महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।   

 यहि भाद्र १८ गतेबाट सुरु भएको महा-महोत्सव २४ गतेसम्म संचालन हुने वडा नम्बर १ का वडा अध्यक्ष चक्र विकले बताउनुभयो  । 

धार्मिक महा-महोत्सवबाट प्राप्त आम्दानी प्राविधिक शिक्षा संचालनार्थ खर्च गर्ने श्रृङ्गारिक महा आरतीका संयोजक गणेश शाहीले बताउनुभयो । उहाँका अनुसार सामाजिक शान्ति, सदभाव, भाइचारा, सामाजिक एकता कायम गर्न र प्राविधिक शिक्षा संचालन गर्नका लागि शैक्षिक एवंम धार्मिक महोत्सवको आयोजना गरिएको शाहीले बताउनुभयो  ।

यस्तो खालको धार्मिक महोत्सवबाट ग्रामीण समाजमा भएका  रुढीवादी सोच,  बिचारधारा, र अमर्यादित बन्दै गइरहेको समाजलाई मर्यादित समाज बनाउनका लागि शैक्षिक एवंम धार्मिक महोत्सवको आयोजना गरिएको हो,’उहाँले भन्नुभयोे, ‘हाम्रो समाजको स्थिती बिग्रदै गइरहेको छ । अनुशासनमा नबस्ने कुनै पनि मानिसको कदर नगर्ने स्थितिलाई धार्मिक कार्यक्रमको माध्यामबाट अनुशासनका कुराहरुलाई धार्मिक दर्शन र कथावाचनले समाजको मर्यादा कायम गर्छकि भनेर आयोजना गरेका हौँ ।’

पछिल्लो समय समाज गलत बाटोमा हिडेकोले समाजलाई सत्य  मार्गमा डोहो¥याउनका लागि शैक्षिक एवंम धार्मिक महा महोत्सवको आयोजना गरिएको शाहीले बताउनुभयो  ।  

शैक्षिक एवंम धार्मिक महा-महोत्सवमा पण्डित जीवन न्यौपाने (शास्त्री)ले कथा बाचन गर्ने कार्यक्रम रहेको शाहीले जानकारी दिनुभयो । 


१८ गते देखि २४ गतेसम्म सञ्चालन हुने महामहोत्सवको लागत खर्च आठ लाख लाग्ने अनुमान गरिएको छ भने महोत्सवमा करिव २० देखि २५ लाख संकलन हुने अनुमान गरिएको ठाटीकाँध गाउँपालिका -१ का वडा अध्यक्ष चक्र विकले बताउनुभयो  । 

पठनपाठन प्रभावित 

विद्यालयमा शैक्षिक एवंम धर्म जागरण महामहोत्सव संचालन भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

विद्यालयमा शैक्षिक एवंम धर्म जागरण महामहोत्सव गर्न नहुने भने पनि पालिकाबाट नै कार्यक्रम गर्न अनुमति दिएको श्री कृष्ण माध्याकि विद्यालयका प्रधानाध्यापक इलामल्ल शाहीले बताउनुभयो ।  

आफुले विद्यालयमा उक्त कार्यक्रम संचालन गर्न नहुने बताएकी थिएँ,’उहाँले भन्नुभयो, ‘माथिल्लो निकायले नै अनुमति दिएपछि विद्यालयले पनि अनुमति दिन परिहाल्यो नी,  विद्यालयले नमान्ने कुरा भएन । 

वर्षातको समयमा बाहिर कार्यक्रम गर्दा अप्ठेरो हुने भएकाले विद्यालयमै शैक्षिक एवंम धार्मिक महा महोत्सव संचालन गरिएको वडा अध्यक्ष विकको भनाई छ ।  

 

 
 

प्रतिक्रिया