ठाटीकाँधमा तीजगित प्रतियोगिता सम्पन्न

ठाटीकाँधमा तीजगित प्रतियोगिता सम्पन्न

ठाटीकाँध -    दैलेखको ठाटीकाँध गाउँपालिकामा पालिका स्तरीय तीजगित प्रतियोगिता सम्पन्न भएको छ । सोसेक नेपाल र ठाटीकाँध गाउँपालिकाको आर्थिक सहयोगमा पालिका स्तरी तीजगित प्रतियोगिता सम्पन्न भएको हो । 

महिला अधिकार र प्रजनन् स्वास्थ विषयक पालिका स्तरिय तिज गित प्रतियोगिता मा महिला तथा वालवालिका शाखा प्रमुख गीता नेपालीको अध्यक्षता, गाँउपालिका उपाध्यक्ष देविराम बडुवालको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यस्तै सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जीवराज रेग्मी,ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सी प्रसाद उपाध्यायको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा शुभकामना व्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष एवंम कार्यक्रमका प्रमुख अतिथि देविराम बडुवालले पछिल्लो समय तीजको मौलिकता हराउँदै गइरहेकोले मौलिकतामा जोड दिनुपर्ने बताउनुभएको थियो । 

तीजगित प्रतियोगितामा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तुल्सी प्रसाद उपाध्यायले हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको थियो । उपाध्यायले हरितालिका तीजको अवसमा खानपानमा लापरर्वाही हुने र स्वास्थ्यमा समस्या आउँने हुँदा त्यसतर्फ सचेत रहनसमेत आग्रह भयो  । 

महिला अधिकार र प्रजनन् स्वास्थ्य विषयक पालिका स्तरीय प्रतियोगितामा ठाटीकाँध गाउँपालिका वडा नम्बर -६ को प्रगतिसि आमा समूह प्रथम भएको बताइएको छ  । 

त्यस्तै प्रतियोगितामा द्वितीय डाँफे महिला समुह वडा नम्बर १, तृतीय सुइयाँ किसोरी समुूह ठाँटिकाँध -३,  र सान्त्वनामा जनचेतना समूह वडा न -६ भएको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो  । 
ती प्रतियोगितामो विजयी समूहलाई नगत पुरस्कार वितरण गरिएको थियो ।

 महिला तथा वालवालिका का क्षेत्रमा काम गर्दै आईरहेको सोसेक नेपाल सहकार्य परियोजनाले  महिला अधिकार र प्रजनन् स्वस्थ्य विषयमा तीज विशेष तीज गित प्रतियोगिता कार्यक्रम ठाटीकाँध गाउँपालिकाको वडा नम्बर -३ र -४ मा पनि सम्पन्न गरेको संयोजक रेग्मीले बताउनुभयो  । 

त्यस्तै ठाँटिकाँध गाँउपालिका वडा नम्बर -३ र -४ मा महिला समूह र बालक्लबको आयोजनामा भएको तीजगित प्रतियोगितामा वडा नम्बर -३  का वडा सदस्य नाम व. शाहीको प्रमुख आतिथ्य वडा नम्बर -३ का वडा महिला सदस्य पवित्रा गौतमको अध्यक्षता रहेको थियो । 

भवानी माध्यामिक विद्यालय बहाकोटका प्रधानाध्यापक भक्ति प्रसाद  तिमिल्सेना, सोसेक नेपालका कृषि प्राबिधिक भुपेन्द्र सिजापती लगायतको आतिथ्यता रहेको थियो ।  प्रतियोगितामा ठाँटिकाँध गाँउपालिका वडा न -३ र -४ का महिला समुह र वाल क्लवहरुका ९ वटा समूह प्रतियोगितामा सहभागिता रहेको थियो ।

प्रथम भवानी वाल क्लव बहाकोट, द्वितीय सगरमाथा आमा समूह, तृतीय भवानी बाल क्लव (ख) समूह,  सान्त्वना  साझा फूलबारी आमा समूहले क्रमस ३ हजार पाँच सय, २ हजार पाँच सय, १ हजार पाँच सय ,१ हजार र सहभागि समूहहरुलाई ५८० का दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको बिताइएको छ ।

 

 

प्रतिक्रिया