रेडक्रस दिवसको अवसरमा कारागारमा स्वास्थ्य शिविर

रेडक्रस दिवसको अवसरमा कारागारमा स्वास्थ्य शिविर

दैलेख – नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रेडक्रसको जिल्ला शाखाले हिजो बुधबार दैलेख कारागारका कैदीबन्दीहरुका लागि स्वास्थ्य उपचार सञ्चालन गरेको छ । ४४ पुरुष र १३ महिला समेत ५७ जनाको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । 

शिविरमा ४७ पुरुष र ६ जना महिलाको आँखा जाँच गरिएको मध्ये २ जनाको मोतिबिन्दू अप्रेसन गर्नुपर्ने अवस्था आएको सामुदायिक आँखा अप्रेसन केन्द्रका इञ्चार्ज प्रकाश शाहीले बताउनुभयो ।

आँखा र स्वास्थ्य जाँच गरिएका बिरामीहरुलाई औषधि समेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी दैलेखका कार्यालय प्रमुख जनस्वास्थ्यकर्मी यामराज खड्काले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीका सुनिल शर्माले पनि सहजीकरण गर्नुभएकाे थियाे । 

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भेषराज थापा, दैलेख कारागारका कार्यालय प्रमुख लिलु गिरीले रेडक्रसको स्थापना दिवस र रेडक्रसले सञ्चालन गरेको मानवीय सेवा बारे प्रकाश पार्नुभयो । 

२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । यसरी नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्ने ब्यक्तिमा डा. जयनारायण गिरीको प्रयास पनि उल्लेखनीय थियो । 

नेपाल रेडक्रस सोसाइटी नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा विकसित भएको छ ।  यसको जिल्ला शाखा कार्यालयहरु देशको ७७ बाटै जिल्लामा रहेको छ । जिल्ला शाखाहरूले १,५०८ भन्दा बढी उप–शाखाहरू, ५,४१० जुनियर र ८६५ युवा रेडक्रस सर्कलहरू छन् । 

रेडक्रस अन्तरगत सहयोग समितिहरूबाट सेवा प्रदान गर्दछ । थप रूपमा, नेरेसोले देश भित्र २ आँखा अस्पताल, विस्तारित आँखा हेरचाह केन्द्रहरू, ११७ रक्त संचार सेवा केन्द्र हरू, २७२ एम्बुलेन्स सेवा स्टेशनहरू र १२ गोदामहरूबाट सेवाहरू प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया