गाउँमा सुनिन छाडे, तीजका स्थानीय भाका

गाउँमा सुनिन छाडे, तीजका स्थानीय भाका

दैलेख - नेपाली महिलाहरुको महानचाड हरितालिका तीज नजिकिदै छ । तीज नजिकिदै गर्दा यतिबेला साउण्ड सिस्टमले गाउँघर शहर बजार गुञ्जायमान भएका छन् । वर्ष दिनमा माइतीको दैलोमा नपुगेकी चेली चाँचोपाँजो मिलाएर यो चाडमा माइत जाने गर्छन् ।

बिहेबारी गरेर पराई भएका साथीसँगी यो चाडमा माइत आउने भएकाले उनीहरु आफू मात्रा आएका हुदैनन् । माईतमा बिताएका वालापान र किशोरवस्थालाईसँगै लिएर आउँछन । साथीसँगी भेट हुँदा बितेको समयलाई सम्झिन्छन् । सधै जसो चुलो र चौकामा सिमित महिला तीजमा भने फुर्सिदला  हुन्छन् ।

‘तीजका गीतमा पीडा ओकलिन्थ्यो । महिला स्वतन्त्रका हक अधिकारका बारे गीत गाइन्थ्यो । पोईल घरमा सासु, देवर देउरानी र नन्दले दिएका पिडा सुनाइन्थ्यो । अब ती गीत सुनिन छाडेको ठाटीकाँध गाउँपालिका –३ की लक्ष्मी सलामी मगरले बताउनुभयाे ।

पढेलेखेका युवती पनि स्थानीय भाका गाउँ जादैनन् । युवती खाली डेक (साउण्ड सिस्टम) ल्यायो गीत बजायो, नाच्यो । स्थानीय भाकालाई संरक्षण गर्न पालिका सरकारले हरेक वर्ष तीज गीत प्रतियोगिता गर्नुपर्ने उहाँको भनाई छ । 


उहाँ मात्र होइन तीजका गीतले गाउँ नै गुञ्जामान भएपनि स्थानीय भाका नसुनेको धेरै बर्ष भईसकेको सोही गाउँपालिका सुर्जा विकले बताउनुहुन्छ । उहाँले भन्नुभयाे 'पहिलाका तीजका गीतमा अनेकौं  पिडाका कुरा हुन्थे । त्यो सुन्दा आफै दुःख परे जस्तो हुन्थ्यो । आजभोलीका युवती कलाकारले जे गीत गायो, त्यसैमा नाच्छन् । मलाई त यस्तो गीतमा नाँच्न मन नै लाग्दैन' उहाँले थप्नुभयाे । 

साउण्ड सिस्टम  सजिलो बनाए पनि यसले सिर्जनसीलता हराएकाे नकारात्मक असर गरेको ठाँटीकाँध गाउँपालिका–१ का वडाअध्यक्ष चक्रबहादुर विकले बताउनुभयाे । स्थानीय भाकामा गाउँदा मादल, गीत गाउने मान्छे र ताल मिलाउने मान्छेको आवश्यकता पर्थ्याे तर साउण्ड सिस्टमा गीत बजायो सबै नाँच्यो ।

यसले गर्दा पछिल्लो पुस्ताका सिर्जना गुमनाम भएका छन् । अव सिर्जना बाहिर ल्याउनको लागि आउँदो वर्षदेखि सरसफाई,स्वास्थ्य र छाउपडी र छुवाछुत न्यूनिकरण बारे चेतना दिन सकिन्छ तर यसमा खास चासाे गएकाे छैन । 


तीजका स्थानीय भाका हराउँदै गएकोमा संघीय प्रतिनिधिसभाका साँसद सिताकुमारी रानाले चिन्ता व्यक्त गर्नुभयाे । पुराना संस्कृतिलाई बचाउन सकेनौं भने पछिल्लो पुस्ता सिक्न पाउने छैन भने अर्कोतिर लोप हुदै जाने उहाँले  टिप्पणी गर्नुभयाे ।

संस्कृति बचाउन बुढापाकासँग अबका युवायुवती राखेर कार्यक्रम गर्ने, अभिलेख राख्ने, पुरानाबाट नयाँलाई सिक्न लगाएर बचाउन सकिन्छ । यसको लागि स्थानीय सरकारले काम गर्नसक्छन्, त्याे उनीहरूकाे कर्तव्य पनि हाे । 

स्थानीय भाकासँगै संस्कार पनि हराउँदै गएको छ । पहिला चेली माइत जाँदा सोली, त्यहाँमाथि बच्चा, खाजाभात र स्याकु बोकेर जान्थे । सालका पातमा भात खानेकुरा हुन्थ्यो । सालको टप्परीमा भएका खानेकुरा बिग्रिदैन थिए ।

पछि त्यो टपरी कम्पोष्ट मलको रुपमा हुन्थ्यो । उतिबेला संस्कृति चाडपर्व, वातावरण मैत्री भएको हुन्थ्याे । आचेलका संस्कृति संस्कार वातावरणमैत्री छैनन् भन्दै स्थानीय भाकाको तीज गीत यसरी गुञ्जिन्थे । 


पुतली,खेतमा पानी लाउ,
मान्छेको भोक माग्यो, बरिलै...।
जेठी रानी दिम्त भने, सम्पतिको धनी ।
माईली रानी दिम्त भने, तीनदिनको सुत्केरी ।
कान्छी रानी दिम्त भने, मनकी प्यारी, बरिलै ..... ।।।
  
 

प्रतिक्रिया