‘सेवाग्राहीसंग कार्यालय प्रमुख’ कार्यक्रम थालनी

‘सेवाग्राहीसंग कार्यालय प्रमुख’ कार्यक्रम थालनी

दैलेख – उपभोक्ता हित संरक्षण कार्यालयले ‘सेवाग्राहीसंग कार्यालय प्रमुख’ कार्यक्रम थालनी गरेको छ । कर्णाली प्रदेश सरकारको  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यक्रम अनुसार उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले हिजो बुधबारदेखि थालेको हो । 

उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले सम्पादन गरिरहेका उद्योग दर्ता, सीपकला क्षमता विकास तथा प्रवद्र्धनका काम, कार्यालयबाट सञ्चालन गरिएका तालिमका सहभागीहरुको ज्ञानसीप सदुपयोगमा पृष्ठपोषण लगायतका कार्यक्रमलाई थप टेवा पु¥याउन ‘सेवाग्राहीसंग कार्यालय प्रमुख’ कार्यक्रम थालिएको हो । 

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले उद्यम र सीपकलाले युवाहरुलाई आत्मविश्वासी र स्वभिमान बढाउने बताउनुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकरी खिमराज भुसालले सेवाग्राहीको सन्तुष्टीको अवस्था र समस्या कार्यालय प्रमुखले प्रत्यक्ष सुन्ने गरे सेवा प्रवाहमा गुणस्तर बृद्धि हुने बताउनुभयो । 

त्यसबखत उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख नृपजङ्ग शाहीले सेवाग्राहीहरुका समस्या सुन्ने र तत्काल समाधान निकाल्न ‘सेवाग्राहीसंग कार्यालय प्रमुख’ कार्यक्रम सुरु भएको बताउनुभयो ।  कार्यालय खुलेकाे दिन दिउँसाे १ बजे सुनुवाइ गर्ने व्यवस्था मिलाइएकाे उहाँले जानकारी दिनुभयो ।      
 

प्रतिक्रिया