निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण

निजामती सेवा दिवसको अवसरमा वृक्षारोपण

दैलेख – निजामती सेवा दिवसको अवसरमा दैलेखका सरकारी कार्यालयका कार्यालय प्रमुख र कर्मचारी साथीहरुको सहभागितामा दैलेख सदरमुकामकाे बेलासपुर मन्दिर परिसरमा दुई सय एक थान धुपी सल्लाका बिरुवाहरु रोपिएको छ ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे, दिवस मूल समितिका अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल लगायत दैलेखका सरकारी कार्यालयका कार्यालय प्रमुख र कर्मचारी साथीहरुको सहभागिता थियो । 

‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ मूल नारा रहेको छ । यस पटक तीन दिन मनाउन लागिएको कार्यक्रममा आज पहिलो दिन वृक्षारोपण, भोलि पालिकाहरुमा औपचारिक कार्यक्रम र पर्सि विहान प्रभातफेरी गरेर जिल्ला सदरमुकाममा अन्तरक्रिया कार्यक्रम राखिएको बताइएको छ ।  

तत्कालिन सरकारले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिनलाई स्मसरण गरेर हरेक भदौ २२ गते मनाउने गरिने निजामती सेवा दिवस मनाउन थालिएको हो । २०६२ देखि मनाउन थालिएको निजामती सेवा दिवस को शुरुवात भएको हो । 

प्रतिक्रिया