सार्वजनिक सेवा चुस्तदुरुस्त बनाउन जरुरी छ : साँसद राना

सार्वजनिक सेवा चुस्तदुरुस्त बनाउन जरुरी छ : साँसद राना

दैलेख – प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले सार्वजनिक सेवालाई चुस्तदुरुस्त बताउन जरुरी रहेको बताउनुएको छ । निजामती सेवा दिवस २०८१ को अवसरमा आज दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा उहाँले अहिलेको कार्यशैलीले सुसाशन डस्बिनमा फालिएको भान भएको टिप्पणी गर्नुभयो । 

निजामती कर्मचारीले सेवासुविधामा चिन्ता जस्तो काममा ध्यान नदिएको उल्लेख गर्दै साँसद रानाले काममा लगाव बढाउन आग्रह गर्नुभयो । संसदमा पेश भएको निजामती कर्मचारी ऐन कर्मचारीहरुको न्यायोचित सेवा, सुविधा र कार्यजिम्मेवारी विषय जटिलता पैदा भएको उहाँले भन्नुभयो । 

कार्यक्रममा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले कर्मचारीहरु समय अनुकूल सूचना प्रविधिमैत्री बन्नसक्नुपर्ने सुझाव दिनुभयो । जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले कर्मचारीहरुको सरुवा, बढुवा प्रभाव र दवावमा हुँदा इमान्दार कर्मचारीहरु मर्कामा परेको सुनाउनुभयो ।

नारायण नगरपालिकाका मेयर लोमन शर्माले संघीय संरचनापछि स्थानीय तह, प्रदेश र संघीय तहमा वर्गीयकरणले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत आउन नमान्ने समस्या पैदा भएको बताउनुभयो । उहाँले पछिल्लो समय कर्मचारी परिचालनको प्रणाली झनै बिग्रँदै गरेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 

निजामती सेवा दिवस जिल्ला समन्वय समितिका अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारीका खिमराज भुसालले कार्यक्रम उठेका सवाल र सुझाव अनुसार सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयाे ।  कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष जिल्ला हुलाक अधिकृत निर्मला थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश काेइरालाले निजामती सेवा दिवसकाे महत्व बारे प्रकाश पार्नुभएकाे थियाे । 

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापा र निजामती कर्मचारीहरुको छाता संगठन ‘आधिकारिक ट्रेड यूनियन’का जिल्ला अध्यक्ष भीमबहादुर बिष्टले सार्वजनिक सेवाको प्रभावकारिता, कर्मचारीकाे दायित्व सुझाव दिनुभएको थियो । 

‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ मूल नारा रहेको निजामती सेवादिवस तीन दिन मनाइएको थियो । बिहीबार वृक्षारोपण कार्यक्रम, हिजो शुक्रबार पालिकाहरुमा औपचारिक कार्यक्रम गरिएको र आज विहान प्रभातफेरीपछि जिससको सभाहलमा अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।  

तत्कालिन सरकारले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिनलाई स्मसरण गरेर हरेक भदौ २२ गते मनाउने गरिने निजामती सेवा दिवस मनाउन थालिएको हो । २०६१ देखि मनाउन थालिएको निजामती सेवा दिवसको सुरुवात भएको हो ।
 

प्रतिक्रिया