पहिरोले घर पुरिदा घाईते बालिकाको हेलिकप्टरद्वारा उद्वार

पहिरोले घर पुरिदा घाईते बालिकाको हेलिकप्टरद्वारा उद्वार

 जाजरकोट -  बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुर्दा घाइते भएकी सम्झना चलाउनेलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको छ।

गएराती आएको पहिरोमा परी घाइते भएकी सम्झनालाई विहान १० बजे उद्धार गरेर सुर्खेत पुर्‍ याएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए। घरमा पुरिएको अवस्थामा उनलाई घाइते अवस्थामा घरबाट निकालिएको थियो। थप उपचारको लागि हेलिकप्टर मार्झत सुर्खेत प्रदेश अस्पतालमा पठाईएको छ । 
 सम्झानका बाबा ४७ वर्षीय मानबहादुर चलाउने र आमा ३८ वर्षीया प्रेमकुमार चलाउने पहिरोले घर पुर्दा हराइरहेकाले अहिलेसम्म निकाल्न नसकिएको अध्यक्ष गिरीले बताए।

प्रेमकुमारी वडा सदस्य समेत हुन् । शनिवार राति २ बजे उक्त पहिरो आएको थियो। सुरक्षाकर्मीदेखि अन्य गाउँलेहरुले अहिले पहिरोमा पुरिएको घरभित्र खोज्ने काम जारी राखेको अध्यक्ष गिरीले जानकारी दिए। मानबहादुरका छोरा जुम्लामा रहेको उनले बताए।

प्रतिक्रिया