भैँसी नभएका विपन्न कृषकलाई अनुदानमा भैंसी वितरण

भैँसी नभएका विपन्न कृषकलाई अनुदानमा भैंसी वितरण

काठमाडौँ -  ललितपुरको महाङ्काल गाउँपालिकाले गाउँपालिकामा रोजगार सिर्जना गरी उत्पादनमुखि बनाउनका लागि अनुदानमा भैँसी वितरण गरेको छ  । गाउँपालिकाको विशेष अनुदान कार्यक्रम अन्र्तगत गाउँपालिकाले ६४ वटा भैँसी बितरण गरेको हो  ।

गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार राष्ट्रिय योजना आयोगबाट विशेष अनुदानमा १ करोड १५ लाख पैसा आएको र सोही अन्र्तगत कृषकको २० प्रतिशत र पालिकाको ८० प्रतिशत गरी टेन्डर प्रक्रिया मार्फत विशेष अनुदानमा भैँसी बितरण गरिएको गाउँपालिकाले जनाएको छ । महाङ्काल गाउँपालिका ६ वटै वडाहरुमा भैँसी बितरण गरिएको गाउँपालिकाका पशु शाखा अधिकृत दिपक प्रसाद दुलालले बताउनुभयो  । 

उहाँका अनुसार किसानलाई आत्मनिर्भसँगै रोजगार सिर्जना गरि उत्पादनमुखि बनाउनका लागि मुर्रा क्रस दुधालु भैँसी वितरण गरिएको दुलालले जानकारी दिनुभयो  । 

गाउँपालिकाले आत्मनिर्भरसँगै गाउँपालिकामा रोजगार सिर्जना गरि उत्पादनमुखि पालिका बनाउनका लागि गाउँपालिका भित्रका एकल महिला, अपाङ्गता भएका व्यक्ति, आर्थिक विपन्न र दलित जनजातिलाई छनोट गरेर भैंसी वितरण गरेको छ ।  छनौटमा पर्नेमा जनजाती ४४ जना, दलित ३ जना र अन्य १७ जना गरी ६५ जनालाई भैँसी बितरण गरिएको छ । भैँसी बितरण असारको १९ गते देखि श्रावणसम्म भएको अधिकृत दुलालको भनाई रहेको छ    । 

राष्ट्रिय योजना आयोगबाट विशेष अनुदानका लागि २०८०÷०८१ मा १ करोड १५ लाख पैसा आएको र २० प्रतिशत कृषकबाट थप गरेर १ करोड ३८ लाखमा टेन्डर भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बताउनुभयो  । बिष्टका अनुसार पहिलोपटक टेन्डर गर्दा नपरेको र दोस्रोपटक टेन्डर आह्वान गर्दा चारवटा वटा फर्मले शिलबन्दी दरभाउ पत्र हालेका थिए । प्रतिसप्रर्धाबाट महाङ्काल गाउँपालिका -३ को इमानसिङ स्याङतानको याङला कृषि तथा पशुपालन फर्मले ठेक्का पाएको थियो । 

पशुपालन प्रवर्धन कार्यक्रम अन्र्तगत भैँसी वितरणमा गाउँपालिकाको वडा नम्बर -१ मा १६ वटा भैंसी बितरण गरिएको थियो । वडा नम्बर -२ मा १६, -३ नम्बर वडामा ८ वटा, -४ मा १६ वटा, छ नम्बर वडामा ४ वटा र -६ नम्बर वडामा ४ वटा गरी जम्मा ६४ वटा भैंसी बितरण गरिएको थियो । 

त्यस्तै मासु उत्पादन प्रवर्धन कार्यक्रम अन्र्तगत बोर क्रस जातका बाख्रा बोका समेत बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर -६ मा ५३ वटा बाख्रा र २ वटा बोका गरी ४५ परिवारलाई ५५ वटा बाख्रा बोका बितरण गरिएको छ । 

यस्तै अर्गानिक खेती प्रवर्धन कार्यक्रमतर्फ वडा नम्बर -५ र -६ मा सहकारी सहित १९४ जनालाई अर्गानिक खेतीका लागि कृषि सामाग्रि बितरण गरिएको थियो  । १९४ मा  पशु तर्फ १०९ जना र कृषितर्फ ८५ जनालाई सामाग्री बितरण गरिएको थियो  । 

भैंसी वितरमा कार्यपालिकाको निर्णय सँगै गाउँ कार्यपालिकाको कार्यविधि अनुसार बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले बताउनुभयो  । भैँसी वितरण गर्दा वितरणमा कार्यपालिकाले निर्णय गरेर एउटा पनि गाई बस्तु नभएको र पशुपालनमा चाहना भएका विपन्न कृषकलार्ई भैँसी वितरण गरेका छौँ,’उहाँले भन्नुभयोे, ‘ गाउँपालिकाका ६ वटै वडामा हामीले पत्राचार ग¥यौँ । र वडा कार्यालयबाट छनौट भएर आयो । विपन्न, एउटा पनि गाई बस्तु नभएकाहरु छनौट –भएको र त्यही छनौटका आधारमा ठेक्का पाएको ठेकेदारले  भैँसी लिएर आउनुभयो । वडाका वडा अध्यक्ष र जनप्रतिनिधि मार्फत सबै वडामा वितरण गरिएको हो ।’

बाख्रा भैंसी र अर्गानिक खेती प्रवर्धनका लागि कृषि औजारहरु १ करोड १५ भित्र ठेक्का प्रक्रिया अनुसार नै बितरण गरिएको गाउँपालिका अधिकृत बिष्टले बताउनुभयो । 

गाउँपालिकाले भैँसी वितरण गर्दा सकारात्मक प्रतिक्रिया आएका महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी बताउँनुहुन्छ । हामीले एउटा पनि भैँसी नहुने र चाहना भएका विपन्न कृषकलाई भैँसी वितरणले धेरै राम्रो प्रतिक्रिया आएका छन्,’उहाँले भन्नुभयो, ‘ धेरै राम्रो प्रतिक्रिया आए पनि संघीय सरकारबाट पाएको अनुदान अहिले बिचमै अड्किएकाले समस्या भएको छ र ठेकेदारलाई भुक्तानी दिन सकिएको छैन ।’


  


 

प्रतिक्रिया