प्राधिकरणको लापर्वाहीले गर्दा बालबालिकाहरु जोखिममा : सांसद राना

प्राधिकरणको लापर्वाहीले गर्दा बालबालिकाहरु जोखिममा : सांसद राना

काठमाडौँ  -  प्रतिनिधि सभा सांसद सीता कुमारी रानाले विधुत प्राधिकरणको लापरर्वाहीले नागरिकहरु दैनिक पासोमा परेर ज्यान गुमाइरहेको विषय प्रति सरकारको ध्यानार्कषण गर्नुभएको छ  ।

मंगलवार शून्य समयमा संसदमा बोल्दै उहाँले सचेतनाको अभाव र नियमन गर्ने निकायको लापरर्वाहीका कारणले नागरिकहरु दैनिकजसो विधुतीय पासोमा परेर ज्यान गुमाइरहेको विषय प्रति सरकारको ध्यानार्कषण गर्नुभयो    ।

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार विधुतीय पासोमा परेर पछिल्लो तीन वर्षमा एकहजार भन्दा बढी नागरिकले ज्यान गुमाएको सांसद रानाले बताउनुभयो । 

पछिल्लो तीन दिनमा मात्र करेन्ट लागेर ८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार २०८०÷०८१ मा तीन सय ३३ जनाले ज्यान गुमाएका छन् भने १०६ जना घाइते भएका छन् ।

त्यस्तै २०७९÷०८० मा ३०८ जनाले ज्यान गुमाएका थिए भने ६४ जना घाइते भएको सांसद रानाले बताउनुभयो । त्यस्तै २०७८÷०७९ मा ३५३ जनाले ज्यान गुमाएका थिए । नौ जना घाइते भएका थिए । नियमन निकायको लापर्वाहीले गर्दा बालबालिकाहरु जोखिममा रहेको सांसद रानाले बताउनुभयो । पछिल्लो तीन वर्षमा ६३ जना बालबालिकाले ज्यान गुमाएका छन्,’उहाँले भन्नुभयो, ‘यसरी विधुत प्राधिकरणको लापर्वाहीले ज्यान गुमाउनुपरेको छ ।’

सचेतना अभाव र विधुत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर मुत्यु वा घाइते भएका व्यक्तिलाई कुनै सहयोग र समवेदना नभएको बताउनुभयो । सम्बन्धित निकाय पनि यस्तो सम्वेदनशील अवस्थामा पनि मौन बस्नु खेदजनक छ,’उहाँले भन्नुभयो, ‘वर्षेनी विधुतीय पासोमा परेर नागरिकले ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले प्रभावकारी सचेतना जगाउन सरकारको ध्यानार्कषण गर्दछु  ।’ 

प्रतिक्रिया