दलित अधिकार सवालमा बृहत अन्तरक्रिया कार्यक्रम गरिंदै

दलित अधिकार सवालमा बृहत अन्तरक्रिया कार्यक्रम गरिंदै

दैलेख - आसन्न संधिवान दिवसको अवसरमा दैलेखमा दलित नागरिक समाजको अगुवाईमा संविधान प्रदत्त दलितहरुको अधिकार र कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया कार्यक्रम गरिने भएको । आज मंगलबार दैलेख सदरमुकाममा भएको दलित अगुवाहरुको भेलाले उक्त निर्णय गरेको हाे । 

राष्ट्रिय दलित पत्रकार संघ नेपालले असोज २ गते विहान ११ बजे सदरमुकाम दैलेखबजारको गणेशचोकबाट ¥याली निकाली नगर परिक्रमापछि जिसस सभाहलमा हुने अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख र नागरिकहरुवीच अन्तरसम्बाद गर्ने कार्यक्रम तय गरिएको पत्रकार सुनाले बताउनुभयो । 

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आथिथ्यता र राष्ट्रिय दलित पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा हुने कार्यक्रम छ । जातीय विभेद सवाल, श्रोतमा दलितहरुको पहुँच र अवसरमा दलितहरुले भोगिरहेको समस्या र समाधानका विषयमा बृहत छलफल हुने बताइएको छ । 
 

प्रतिक्रिया