कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिने छ : मन्त्री भण्डारी

कर्णालीमा रणनीतिक अस्पताल सञ्चालन गरिने छ : मन्त्री भण्डारी

सुर्खेत  -   कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा प्रादेशिक रणनीतिक अस्पतालहरू सञ्चालन गरिने बताउनुभएको छ  । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा गरिएको स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो घोषणा गर्नुभएको हो । 

मन्त्री भण्डारीले अस्पतालको सेवा प्रवाह र सेवाग्राहीको अवस्थालाई अध्ययन गरी रणनीतिक अस्पताल तोकिने बताउनुभयो । त्यसका लागि आन्तरिक रूपमा तयारी समेत भइरहेको बताउनुभयो  । समीक्षा कार्यक्रमबाट सरकारलाई सुझाव प्राप्त हुने अपेक्षा गर्नुभयो । त्यसका आधारमा आफ्ना तर्फबाट आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । 

विभिन्न तालिमबाट लिइएको ज्ञानलाई सेवा भावको मनसायबाट सेवा प्रवाह गर्न सुझाव दिनुभयो  । सेवा प्रदान गर्दा नागरिक सन्तुष्टिको मापन गर्नुपर्ने बताउनुभयो । औषधिजन्य फोहोर मैला व्यवस्थापन, म्याद सकिएका औषधिको व्यवस्थापन, जनचेतनामूलक कार्यक्रम लगायतका विषयलाई ध्यान दिन आग्रह गर्दै कुपोषण जस्ता समस्या समाधानका लागि स्वयंसेविका लगायतका स्थानीय जनशक्ति परिचालन गर्नुपर्ने बताउनुभयो  ।

प्रतिक्रिया