बालअधिकार सुनिश्चित गर्न सबै क्षेत्रबाट प्रतिबद्धता जनाऔँ  : सोसेक

बालअधिकार सुनिश्चित गर्न सबै क्षेत्रबाट प्रतिबद्धता जनाऔँ  : सोसेक


काठमाडौँ -   आज भदौ २९ गते राष्ट्रिय बाल दिवस । ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा सोसेक नेपालले एक विज्ञप्ति मार्फत बालअधिकार सुनिश्चित गर्न सबै क्षेत्रबाट प्रतिबद्धता जनाउन अनुरोध गरेको छ । 

बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरि देशभर बाल दिवस मनाइँदैछ । हरेक वर्ष बालबालिकाको हक अधिकारको क्षेत्रमा बहस गर्दै यो दिवस मनाउने गरिन्छ ।

 बालबालिकाको पक्षमा कानुन बनेका छन् तर, पनि कार्यान्वयन हुँदैनन् । यस्तो अवस्थामा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन सोसेक नेपालले एक विज्ञप्ति मार्फत अपिल गरेको हो ।

हरेक वर्षको बालदिवसमा बालअधिकारका पक्षमा बहस धेरै हुन्छ तर, अधिकारको कुरा गर्नेबाटै अधिकारको हनन् हुने गरेको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले बताउनुभयो । बालअधिकारका विषयमा धेरै बहस हुन्छन् तर, पनि अधिकारका कुरा गर्नेहरुबाट नै हनन् भएका उदाहरण छन्,’उहाँले भन्नुभयो, ‘कति बालबालिका शिक्षाको पहुँचमा पुग्न सकेका छैनन् । कैयौँ बालबालिका बाल श्रमिकको रुपमा काम गरिरहेका भेटिन्छन् । बालबालिकाको पक्षमा कानुन बनेका छन् तर, कायान्वयन हुँदैनन् । यस्तो अवस्थामा कानुनको प्रावकारी कार्यान्वयन गर्न अनुरोध गर्दछौँ ।’

सडक बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन इँट्टा भट्टाबाट बालश्रम हटाउन, र बालश्रम न्यूनिकरण गर्ने र बालअधिकारको प्रत्याभूति गराउन सबैको ऐक्यबद्धताका लागि सोसेक नेपालले अपिल गरेको छ । 

लामो समय देखि महिला बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले एक विज्ञप्ति मार्फ भनेको छ, ‘बालअधिकारको प्रत्याभूति गराउने प्रमुख दायित्व स्थानीय सरकार हो । बालअधिकार प्रत्याभूत गराउन स्थानीय सरकारसँग माग गर्दछौँ । विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरुले  आ आफ्नो क्षेत्रबाट बालअधिकार सुनिश्चित गर्न प्रतिबद्धता जनाऔँ ।’

कहिले देखि मनाउन थालियो राष्ट्रिय बाल दिवस
रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाइएको देखेपछि नेपालमा पनि राज्य स्तरबाटै बालबालिकाका लागि विशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आउनुभएको थियो । यसै आशयबाट प्रेरित भई उहाँले आफ्नो जन्म दिन भाद्र ४ मा राष्ट्रिय बाल दिवस मनाउन सुरु गरिएको थियो । विसं २०२१ मा नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो । 

भाद्र २९ गतेको बाल दिवस
क्रमशः नेपालमा शासन पद्धति र शासकीय व्यवस्थाको परिवर्तन सँगै बाल दिवस मनाउने मिति पनि परिवर्तन भयो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ ।

 

प्रतिक्रिया