‘बालअधिकार सुनिश्चिताका लागि सबैको ऐक्यबद्धता आवश्यक’

‘बालअधिकार सुनिश्चिताका लागि सबैको ऐक्यबद्धता आवश्यक’


काठमाडौँ -   महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशिल रहेको बताउनुभएको छ  । राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई सम्बोधनमा सरकार संवेदनशिल रहेको बताउदै बालअधिकार सुनिश्चिताका लागि सबैको एकयबद्धता आवश्यक रहेको बताउनुभयो । 

मन्त्री सुडीले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताउनुभयो  ।

 नेपाल सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भएपनि आवश्यक लगानी गर्न नसकेको उहाँले बताउनुभयो । 

बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतिहरुको सामना गरिरहेको अवस्था छ,’उहाँले भन्नुभयो, ‘बालबालिकाप्रतिको हिंसा, बाल यौन दुव्र्यवहार, बालश्रम, बालविवाह र लैंगिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्वल भविष्यमा नकारात्मक असर परेको छ  ।’

बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरुलाई सम्बोधन गर्न विशेष गरी यस आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापनले समेत प्रष्ट पारेको उहाँको भनाई रहेको छ  । ‘वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्त संवेदनशिल रहेको छ भन्ने म विश्वास दिलाउन चाहन्छु,’ उहाँले भन्नुभयो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले बालअधिकार सुनिश्चित गर्न  परिर्वतनको सुरुवात घरदेखि नै गर्नुपर्ने बताउनुभएको छ ।  राष्ट्रिय बाल दिवस २०८१ लाई सम्बोधन गर्दै बालअधिकार सुनिश्चितका लागि संघ सरकारले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने र स्थानीय तहले पनि सहयोग गर्नुभयो उहाँको धारणा रहेको थियो । 'बालमैत्री शाससन लागु गर्नुपर्ने र सबै स्थानीय तहले बालअधिकारकर्मी राख्नुपर्छ र बालअधिकार नीतिलाई कार्यान्वयन गर्दै लैजानुपर्छ,’उहाँले भन्नुभयो । 

घरपरिवारबाटै बालअधिकारको हनन् भइरहेको हुँदा पहिले घरपरिवारबाटै हामी परिर्वतनको सुरुवात गर्नुपर्छ,’उहाँले भन्नुभयो, ‘विभिन्न घरायसी कुरामै बालअधिकारको हनन् हुने भएकाले पहिले घरदेखि नै परिर्वतनको सुरुवात गर्नुपर्छ ।’

पछिल्लो समय नेतृत्व तहबाटै बालबालिकालाई बालश्रममा लगाएका कुराहरु पनि आएका छन् यसतर्फ नेतृत्वनै सजग हुनुपर्ने उहाँले बताउनुभयो ।

पछिल्लो समय केही नेतृत्व तहबाटै बालबालिकालाई बालश्रममा लगाएका कुराहरु पनि समाचारमा आएका छन्, ‘उहाँले भन्नुभयो, ‘यसतर्फ नेतृत्व सहज रहनुपर्छ । त्यस्तो कार्य गर्नुपूर्व नेतृत्वले आफ्नो पदीय आचरण र संविधानमा भएका कुराहरु अध्यन गर्नुपर्छ । यदि सबै कुरा जानकारी हुँदा हुँदै पनि कानुन विपरित गरेको पाइएमा त्यस्तो व्यक्तिलाई कार्वाही हुनुपर्छ ।’

प्रतिक्रिया