बाल दिवसको अबसरमा ठाटीकाँधमा वक्तृत्वकला प्रतियोगिता

बाल दिवसको अबसरमा ठाटीकाँधमा वक्तृत्वकला प्रतियोगिता

ठाटीकाँध -  दैलेखको ठाटीकाँध गाउँपालिकामा राष्टिय बालदिवसको अबसरमा वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको छ ।

६०औँ राष्टिय बालदिवसको अबसरमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । सोसेक नेपालको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको बताइएको छ ।

बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ संचालन गरिएको वक्तृत्वकला प्रतियोगितामा पहिलो भवानी माध्यामिक विद्यालय बाहाकोटका छात्रा सृष्टि शाही, दोस्रो कृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका छात्रा अनुजा बिष्ट, तेस्रो कृष्ण माध्यामिक विद्यालय लकान्द्र का छात्र शुसान्त बोगटि र सान्त्वना भवानी माध्यामिक विद्यालय बाहाकोटका छात्रा एलिसा शाही भएको सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनामा कार्यरत सामाजिक परिचालक मनसरा बिष्टले जानकारी दिनुभयो ।  

प्रतिक्रिया