चामुण्डाबिन्द्रासैनी नगरपालिकाले मनायो बाल दिवस

चामुण्डाबिन्द्रासैनी नगरपालिकाले मनायो बाल दिवस

दैलेख  -   दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकामा राष्ट्रिय बाल दिवस मनाइएको छ । सोसेक नेपाल र सेभ चिल्ड्रेनको साझेदारीमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाले“बालबालिकामा लगानीः सुनिश्चित भविश्यको थालनी”विषयक पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता र प्रभात ¥याली आयोजना गरेको छ । प्रतियोगितामा १३ विद्यालयका बालबालिकाहरु सहभागी भएका थिए । 

कार्यक्रममा बालबालिकाको प्रस्तुतिकरणले आगामी दिनमा असल समाज निर्माण गर्न सहयोग पुग्ने आफुले विश्वास गरेको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले बताउनुभयो । बालबालिकाको अन्तरनिहित क्षमता विकास गर्न विगतमा यस्ता कार्यक्रमको आयोजना हुने नगरेको बताउदै शाहीले भन्नुभयोे, आउँदो पुस्ताले देशलाई समृद्ध बनाउन सहयोग गर्नेछ ।’ 
अहिलेको पुस्तासँग सोच्ने तरिका फरक छ । काम गर्ने शैलि फरक छ । यही फरक विचारले हामी नयाँ काम गर्न सक्षम हुनेछौँ,’उहाँले भन्नुभयो, ‘आफनो विचार प्रयोग गरी स्वाभिमानीका साथ जुन बालबालिकाहरुले प्रस्तुतिकरण गर्नु भयो म उहाँहरु देखि असाध्य प्रभावित छु ।’ 

आफु विद्यालयमा अध्ययन गर्दा कहिल्यै पनि अन्तरविद्यालय प्रतिष्पर्धा हुने नगरेको स्मरण गर्दै शाहीले भन्नुभयो, हामी उती खेर बोल्दा डराउँथ्यौ । हाम्रो धारणा संकुचित थियो । अहिलेका बालबालिकालाई देश विदेशको जानकारी छ । सोचाई फराकिलो छ । आफना अधिकारहरुको बारेमा दावी गर्न सक्छन ।’ 

समाजका केही बालबालिकाहरुमा अराजक प्रवृत्तिको विकास भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । अहिले अधिकाँस बालबालिका, अभिभावक, शिक्षक लगाएतलाई आफनो कर्तव्य के हो जानकारी छैन । हामी जसरी अधिकारको माग गर्दछौ त्यसैगरी आफनो कर्तव्य पनि बुझनुपर्ने उहाँले बताउनुभयो  । 

बालबालिकामा लगानी बिना कुनै पनि राष्ट्र समृद्ध र स्वाभिमानी बन्न नसक्ने हुदाँ स्थानीय सरकार बालबालिकामा लगानी गर्न प्रतिवद्ध रहेको उहाँको भनाई थियो । विश्वका धेरै मुलुकहरु शताब्दियौ अगाडी देखि स्वतन्त्र थिए । उनीहरुले लोकतन्त्रको राम्रो अभ्यास गरे । हामीले विभिन्न समयमा निरँकुशता विरुद्ध लडाई लडनु परेका कारण पनि यो मुलुकले समृद्धी हासिल गर्न नसकेको बताउदै शाहीले भन्नुभयो, ‘नेपाल प्राकृतिकरुपमा धनी छ । हामी सँग प्रयाप्त मात्रामा साँस्कृति सम्पदाहरु छन । यसको राम्रो प्रयोग गरेमा देशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई थियो । 

नगरपालिकाले बालमैत्री नीतिहरु निर्माण गरेको छ । आज विद्यालय, समुदाय तथा वडा तहहरुमा बाल क्लवहरु गठन तथा परिचालन गरिएको छ,’उहाँले भन्नुभयो, ‘ विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना र  बाल विवाह न्यूनिकरणका लागि स्थानीय सरकारले पहल गर्छ   ।’ 

सशक्तिकरण र क्षमता विकास भएकै कारण महिला तथा बालबालिकाहरुले सार्वजनिक समारोहमा आफना अभिव्यक्ति राख्न सफल भएको उपप्रमुख मनसरा रेग्मीको भनाई थियो । कार्यक्रममा बालकहरु भन्दा बालिकाहरुको उल्लेख्य सहभागीता रहेकोमा खुसि व्यक्त गर्दै रेग्मीले भन्नुभयो, ‘समाजमा जहिले पनि उपेक्षित समुदायको सहभागीता बढाउनु पर्छ । पुरुषहरुको तुलनामा महिलाहरुले विभिन्न हिँसाहरु भोगिरहेका कारण पनि सबैप्रकारका हिँसाको अन्त्यका लागि काम गर्नुपर्छ  ।’ 

अपांगता र जोखिममा रहेका बालबालिकाहरुको शिक्षा तथा जिविकोपार्जनका साथै राहत उपचार र पुनस्र्थापनाका लागि स्थानीय सरकारले बजेटको व्यवस्था गरेको रेग्मीले बताउनुभयो  । स्थानीय सरकार बालबालिका प्रति जिम्मेवार छ । बालबालिकालाई हुने सबै प्रकारका हिँसाहरुको अन्त्यका लागि काम गर्न लागिएको उहाँको भनाई थियो । 

कार्यक्रममा प्रथम स्थान हासिल गर्न सफल बिन्द्रासैनी माध्यामिक विद्यालयका छात्रा पुजा ढकालले देशको एक तिहाई जनसंख्या बालबालिकाको भएका कारण बालबालिकामा लगानी गर्नुपर्ने आफनो धारणा राख्नुभएको थियो् । उहाँले भन्नुभयो, ‘बाल अधिकार भनेको बालसंरक्षण बाल विकास, बाल बचाउ र बाल सहभागिता जस्ता बालबालिकाका आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्नु हो । लगानी भनेको खर्च नभएर प्रतिफल भएको बताउदै ढकालले भन्नुभयो, ‘आजका बालबालिका भोलिको देशका कर्णधार व्यक्ति हुन । नेपालको संविधानले बाल अधिकारको व्यवस्था गरेको छ ।’
 नेपालमा अझै पनि बालश्रमको प्रयोग गरिएकोमा उहाँले दुःख व्यक्त गर्दै भन्नुभयो, ‘यो पढने लेख्ने समय हो । तर हाम्रा बालबालिकाहरुले गिटीकुटने मेलापात गर्ने जस्ता कामहरु गर्नुपरिरहेको छ जस्ले गर्दा उनीहरुको व्यक्तित्व विकासमा समेत असर परेको देखिन्छ ।’

यदि सरकारले बालबालिकाको नैतिक शिक्षामा लगानी गर्ने हो भने राष्ट्रले सम्मान र प्रतिष्ठा स्थापित गर्न सकिने उहाँको भनाई थियो । 

कार्यक्रममा ओमकोट माध्यामिक विद्यालयका छात्रा निर्मला शाहि दोस्रो, हिमालय माध्यामिक विद्यालयका छात्र दिलिप बि.क. तेस्रो र जनता माध्यामिक विद्यालय मष्टामाण्डौका छात्र नरेश चौलागाईले चौथो स्थान हासिल गर्नुभएको थियो । 

प्रतिक्रिया