प्राबिधिक शिक्षा संचालनार्थ महा-महोत्सवबाट १९ लाख बढी रकम संकलन

प्राबिधिक शिक्षा संचालनार्थ महा-महोत्सवबाट १९ लाख बढी रकम संकलन

ठाटीकाँध -   दैलेखको ठाटीकाँध गाउँपालिकामा संचालन भएको शैक्षिक एवंम धर्म जागरण महा महोत्सवबाट १९ लाख ७० हजार रकम संकलन भएको छ ।  ठाटीकाँध गाउँपालिका -१ स्थित श्री कृष्ण माध्यामिक विद्यालयमा प्राबिधिक शिक्षा संचालनार्थ आयोजना गरिएको महामहात्सवबाट १९ लाख ७० हजार रकम संकलन भएको श्रृङ्गारिक महाआरतीका संयोजक गणेश शाहीले जानकरी दिनुभयो  । 

संयोजक शाहीका अनुसार शैक्षिक जागरण एवंम धर्म जागरण महा महोत्सवबाट जम्मा १९ लाख ७० हजार संकलन भएको बताउनुभयो  ।

श्री कृष्ण माध्यामिक विद्यालयमा प्राबिधिक शिक्षा संचालनार्थ आयोजना गरिएको महामहोत्सवबाट करिब १९ लाख ७० हजार संकलन भएको छ,’उहाँले भन्नुभयोे, ‘ महा महोत्सवबाट संकलन भएको पैसामध्य कार्यक्रम व्यवस्थापन र गुरुलाई दक्षिणा सहित नौ लाख ३१ हजार खर्च भएको छ । र अन्य रकम विद्यालयको खातामा जम्मा गछौँ ।’

यहि भाद्र १८ गते देखि २४ गतेसम्म संचालन भएको महा महोत्सवबाट १ लाख ५५ हजार १०५ ठाटीकाँध गाउँपालिका वडा नम्बर १ बाट दान गरिएको छ । त्यस्तै वडा नम्बर २ बाट २ लाख दश हजार चेक आएको र भुक्तानी हुन बाँकी रहेको शाहीले बताउनुभयो । त्यस्तै अन्य १ लाख ७० हजार अन्य चेक आएको शाहीले बताउनुभयो । 

 

प्रतिक्रिया