मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै, वसन्तपुर जाँदै प्रधानमन्त्री ओली

मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै, वसन्तपुर जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ - मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै छ। खासगरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्यरूपमा यो जात्रा मनाइन्छ।

काठमाडौँको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ। 

इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे वसन्तपुर जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  तर, स्वागत गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भने इन्द्रजात्राको कार्यक्रममा सरिक नहुने भएका छन्।

अघिल्लो सोमबार भारत गएका शाह अहिले पनि उतै छन्। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार उनी एक/दुई दिनमा नेपाल फर्कने कार्यक्रम छ।

मेयर शाह आफ्ना विद्यालयका पूर्व विद्यार्थीहरूसँग भेटघाटका लागि भारत गएको स्वकीय सचिव शाहले बताए। अघिल्लो वर्ष आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा भने मेयर शाह सहभागी भएका थिए।

प्रतिक्रिया