आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन लामिछानेको आग्रह

आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन लामिछानेको आग्रह

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । यद्यपि समितिले गोरखा मिडियाको रकम खर्च गरेकोरगराएकोमा कारवाहीको सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो रु भन्दै रविले प्रश्न गरे । प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको उनको टिप्पणी टिप्पणी थियो ।

सभापति लामिछानेले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्नेकुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ, कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि ! म कसैको कटाक्ष गर्न आएको होइन । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’

सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन आग्रह गरे ।

प्रतिक्रिया