ठाटीकाँधमा म्याग्रिड संचालन प्रतियोगिता
ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा म्याग्रिड संचालन प्रतियोगिता सम्पन्न भएको छ । १२औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा सोसेक नेपालको आयोजना तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सह आयोजनामा म्याग्रिड संचालन प्रतियोगिता सम्पन्न भएको हो ।
विज्ञान तथा प्रविधि : विकास उत्पादन वृद्धि भन्ने मुल नाराका साथ विज्ञान दिवस मनाइएको सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो ।
म्याग्रिड संचालन प्रतियोगितामा जन आधारभूत विद्यालय थापाटोलका प्रकाश थापा प्रथम, मालिका माध्यामिक विद्यालय पाँचलाका मिसन रोकाया द्वितीय, जन आधारभूत विद्यालय थापा टोलका एलिसा थापा तृतीय, र मालिका माध्यामिक विद्यालय पाँचलाकी बिन्दु शाही सान्त्वना भएको संयोजक रेग्मीले जानकारी दिनुभयो ।
एइआइएन लक्जेम्बर्गको साझेदारीमा ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परियोजना अन्र्तगत म्याग्रिड कार्यक्रम ठाटीकाँधका दुइवटा विद्यालयमा संचालनमा रहेको छ । ठाटीकाँध गाउँपालिका ६ मा रहेको जन आधारभूत विद्यालय थापाटोल र पालिका माध्यामिक विद्यालय पाँचलामा संचालनमा रहेको रेग्मीको भनाई छ ।
प्रतिक्रिया