भगवतीमाईमा अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदै

भगवतीमाईमा अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुदै

    दैलेख - भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा शुभदीपावलीको अवसरमा खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजनामा कार्तिक ७ देखी ११ सम्म प्रतियोगिता हुने भएको हो । 
खुल्ला पुरुष भलिबल प्रतियोगिता लागि ७५३ वटा पालिकाबाट सहभागिता जनाउन सक्ने भगवतीमाई तयारी खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काले बताए । सहभागी हुनका लागि प्रत्येक टिमले दर्ता दस्तुर १० हजार तिर्नुपर्ने छ । प्रतियोगिताको पहिलो विजेताले नगद तीन लाखसहित कप, पदक,दोस्रो हुनेले नगद एक लाख ५० हजार,।त्यस्तै तेस्रो हुनेले नगद ५० हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तैगरि उत्कृष्ट खेलाडीले नगद कदर पत्रसहित नगद २५ हजार हजार,प्रतियोगिताको हरेक विधाका उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 
खेल पर्यटनको माध्यमबाट भगवतीमाई थप चिनाउन सहयोग मिल्ने आयोजकले जनाएको छ । भलिवल राष्ट्रिय खेल भएकाले युवा खेलाडीको मनोवल बढाउनको लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष खड्काको भनाई छ । 
 

प्रतिक्रिया