राष्ट्रिय शिक्षा दिवसको अवसरमा ठाटीकाँधमा हाजिरीजवाफ प्रतियोगिता

राष्ट्रिय शिक्षा दिवसको अवसरमा ठाटीकाँधमा हाजिरीजवाफ प्रतियोगिता

ठाटीकाँध -  दैलेखको ठाटीकाँध गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । एइआइएन लक्जेम्बर्ग र ठाटीकाँध गाउँपालिकाको साझेदारी सोसेक नेपालको आयोजनामा ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्राणालीगत सक्षमता भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइएको हो ।

 शिक्षा दिवसको अवसरमा पालिका स्तरीय माध्यामिक विद्यालयका बालबालिकाबीच हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको थियो  । हाजिरीजवाफ प्रतियोगतामा कृष्ण माध्यामिक विद्यालय लकान्द्र प्रथम, भवानी माध्यामिक विद्यालय बहाकोट द्वितीय, दशरथ माध्यामिक विद्यालय प्याडूली, तृतीय, र देवती माध्यामिक विद्यालय गैरागाउँ सान्त्वना भएको सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले जानकारी दिनुभयो । 

हाजिरी जवाफ प्रतियोगितामा विजयी समूहलाई बधाई ज्ञापन गर्दै ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले यसरी आयोजना गरिने प्रतियोगिताले बालबालिकामा भएको प्रतिभा फ्रस्फुटन हुने बताउनुभयो । यस्ता कार्यक्रमको आयोजना भइरहनुपर्छ,’उहाँले भन्नुभयो, ‘यस्तै कार्यक्रमको निरन्तरताले बालबालिकामा भएका नयाँ नयाँ प्रतिभाहरु फ्रस्फुटन हुँदै जान्छन् ।’

पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्याय, धवानी माध्यामिक विद्यालयका प्रधानाध्यापक भक्तिराम तिमल्सेना,देवती माध्यामिक विद्यालयका प्रधानाध्यापक सुरत बहादुर शाही, कृष्ण माध्यामिक विद्यालय लकान्द्र र दशरथ माध्यामिक विद्यालय प्याडूलीका शिक्षकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया