लेखक तथा फोटो पत्रकार थापा सञ्चार विज्ञमा नियुक्त
काठमाडौं - लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सञ्चार विज्ञमा नियुक्त हुनुभएको छ ।
महासंघले बुधबार आयोजना गरेको एक कार्यक्रममा थापालाई सञ्चारविज्ञमा नियुक्त गरेको अध्यक्ष शिवसागर शर्माले बताउनुभयो ।
२०६३ सालमा स्थापना भएको महासंघले अध्ययन अध्यापनको जोड दिदै स्वदेश तथा विदेशमा विभिन्न प्रर्दशनी गर्दै आएको छ ।
फोटो पत्रकार थापाले वाइल्ड वेष्ट नेपाल (२०१३), गन्तव्य कर्णाली (२०१९),कर्णाली (२०२०),एक्सपोलर फारवेष्ट (२०२०), गन्तव्य मध्यपुर (२०२१), तस्बिरमा नेपाल (२०२१), पञ्चकोशी दैलेख (२०२३) लगायत पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।
प्रतिक्रिया