स्थानीय सरकार सबल हुनुपर्छ : प्रमुख शाही

स्थानीय सरकार सबल हुनुपर्छ : प्रमुख शाही

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संघीय संरचनालाई सबल र जनउत्तरदायी बनाउन स्थानीय सरकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा दैलेख सदरमुकाममा आज दैलेखमा आयोजित कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

प्रमुख शाहीले भन्नुभयो ‘संघीय संरचनाले स्थानीय सरकारलाई अधिकार र बजेट श्रोत दिएको हो । नागरिकहरुको जीवनस्तर उठाउन प्रभावकारी काम गर्न सकियोस् भनेर दिइएको हो । तर स्थानीय सरकारहरुले संविधानको भावना अनुसार काम नगरेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापाले संविधानले दिएको अधिकार प्रयोग गर्नेहरुले तोकिएको कर्तव्य निर्वाह गर्नुपर्ने औल्याउनुभयो । त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले संविधानको पालना गर्न राज्यका निकायहरु जिम्मेवार हुन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रेम कटुवाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जंगबहादुर शाही, राप्रपाका जिल्ला उपाध्यक्ष रणबहादुर सिंह, नेमकिपाका जिल्ला सदस्य रत्नेश श्रेष्ठले संविधानको मुलमर्म र भावना बारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रम अघि प्रभातफेरि कार्यक्रम गरिएको थियो । आम सर्वसाधारण व्यापक सहभागितामा झाँकी सहितको प्रभातफेरी ¥याली निकालिएको थियो । ¥यालीले सदरमुकामको गणेशचोकदेखि नयाँबजार, देवकोटाचोक हुदै लोकतान्त्रिक चोकदेखि नारायण मन्दिर पुगेर नगरपरिक्रमापछि जिसस सभाहलमा पुगेर कार्यक्रम गरिएको थियो । 

प्रतिक्रिया