घुम्ती स्वास्थ्य शिविरमा दुई सय बढी जनाले सेवा लिए

घुम्ती स्वास्थ्य शिविरमा दुई सय बढी जनाले सेवा लिए

 दैलेख - विहिवार चामुण्डाविन्द्रासैनी नगरपालिकामा गरिएको अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविरबाट दुई सय दुई जनाले सेवा लिएका छन् । संविधान दिवसको अवसर पारेर गरिएको घुम्ती स्वास्थ्य शिविरबाट  अपांगता बालक÷वालिका र महिला,पुरुषले गरि दुईसय दुई जनाले सेवा लिएका हुन् । 
शिविरमा दुई जना बालिकाको अनुगमन गरिएको थियो भने  बालक ४८ जना,बालिका ५० जना गरि ९८ जना बालबालिकाको नयाँ पहिचान गरिएको थियो । त्यसैगरि पुरुष ४२ जना,महिला ६० जना गरि १सय २ जनाले सेवा पाएका थिए । जस अनुसार पुरुष ९० जना महिला ११२ जना गरि २सय २ जना सेवा लिएको आयोजक चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ ।
शिविरबाट पुरुष ५८ जना,महिला ३९ जना गरि ९७ जनाले फिजियोथेरापी सेवा लिएका थिए भने १ जना महिलाले अर्थोपेडीक सहायक सामाग्री नाप जाँच,१ जना महिला १ जना पुरुष गरि २ जनाले  माईनर शल्यक्रिया डे«सिङ,१ जना पुरुष ४ जना महिला गरि ५ जनाले रिफरल शल्यक्रियाको लागि भर्ना मिति दिएको थियो भने पुरुष १ महिला ३ जना गरि  ४ जनाको रिफरल डा.कन्सल्टेशन,परिक्षण र अनुगमन गरिएको थियो । 
त्यसैगरि पुरुष १८ जना,महिला २० जना गरि ३८ जनाले नाक कान र घाँटीको सेवा लिएका थिए भने पुरुष १६ जना महिला ९ जना गरि २५ जनाले परामर्श अनुगमन,परिक्षण,भर्ना सामाग्री सहित आँखाको सेवा लिएको लजिष्टक व्यवस्थापन गणेश भण्डारी जानकारी दिए ।  हामीले १ जना बालिकालाई गुड्ने मेच,१ जनालाई प्लास्टर लगाएको र एक जनालाई लम्बो बैशाखी समेत हस्तान्तरण गरेका छौ,उनले भने ।  
सेवा लिएका दुई सय दुई जना बालबालिकाको अनुगमन जस मध्ये शिविरमा परामर्श तथा परिक्षण उक्त शिविरमा जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्किएको,आगोले पोलेर अंगहरु एकआपसमा टाँसिएको,खुट्टा लुलो वा कमजोर भएको,भाँचिएको वा वाङ्गो भएको हडडी नजोडिएको,जोर्नी,घुँडाको समस्या,जोर्नी,दुख्ने वा सुनिने,हडडी पाकेर लामो समयदेखी पिप आईरहने,औला एकआपसमा टाँसिएको वा बढी भएको,हडडीमा टी.वी. रोग लागेको,कुत्रिम अंगहरुको आवश्यकता भएको,शरिरको विभिन्न जोर्नी बाँङ्गो भएको,हाडजोर्नी सम्बन्धी समस्या भएको र ओठतालु फुटेको व्याक्तिहरुको स्वास्थ्य परिक्षण र पहिचान गरिएको थियो ।


 उक्त समस्या भएका व्याक्तिले घुम्ती शिविरमा संलग्न भएका चिकित्सक,फिजीयोथेरापी,लजिष्टक व्यवस्थापन,कृतिम अंग सहायक सामाग्री प्रविधी,स्थानीय स्वयम सेवक सीविआर कार्यकर्ता÷सुपरभाईजर बाट संलग्न चिकित्सक टोलीबाट सेवा लिएको लजिष्टक व्यवस्थापन भण्डारीले बताए ।  
सबैभन्दा ठुलो मानिसको स्वास्थ्य भएकोले गाउँमा स साना हेरचक्राईपनि जीवनभर आम नागरिकले दुःख पाउने,कोही समयमै सम्बन्धीत ठाउँमा नपुगेर समस्या रहिरहने हुँदा त्यसो नहोस जीवन बर्वादबाट जोगाउन पालिकाले यो शिविरको आयोजना गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेश कुमारी शाहीले बताए । उनले भने,पालिका चाहना भनेको आम नागरिक पिडित परिवारले स साना कारण गुमाएको खुशी फर्काउन शिविर गरिएको हो ।पक्कै पनि यहाँ केही नागरिकले समयमै उपचार पाए जीवन वर्वाद हुन जोगिनेछ । 


चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजनमा सञ्चालन गरिएको घुम्ती शिविरमा सेभ द चिल्ड्रेन र सोसेक नेपालले औषधी वितरण संगै सहयोग तथा सहजीकरण गरेका थिए भने विकलाङ्क मित्र समुह÷अपाङ्ग वाल अस्पताल तथा पुनस्थापन केन्द्र वनेपा काभ्रे र कर्णाली प्रदेश पुनस्थापना केन्द्र विरेन्द्रनगर सुर्खेतको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको भने सेवाग्राही ल्याउन र सम्बन्धित ठाउँमा पु¥याउन सवारी साधन समेत प्रयोग गरिएको थियो । 
 

प्रतिक्रिया