ग्लोकल टिन हिरो अवार्ड प्राप्त बडगाउँका विश्वकर्मा सम्मानित

ग्लोकल टिन हिरो अवार्ड प्राप्त बडगाउँका विश्वकर्मा सम्मानित

रुकुम पश्चिम -  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ बडगाउँका घनश्याम विश्वकर्मालाई संविधान दिवसको अवसरमा सम्मान गरिएको छ ।

मुसिकोट खलंगामा आयोजित १० औँ संविधान दिवसको अवसरमा विश्वकर्मालाई सम्मान गरिएको हो ।  जिल्ला न्यायाधीश रामप्रसाद बस्याल  र जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम केसीले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

किशोर किशोरीको हक अधिकारको क्षेत्रमा गरेको कार्य लगायतको आधारमा गोल्छा ग्रुपद्धारा आयोजित ग्लोकल टिन हिरो २०२४ अवार्ड प्राप्त गर्न सफल भएको उपलक्ष्यमा जिल्ला समन्वय समितिले बधाई तथा उत्तरोउत्तर कामना सहित विश्कर्मालाई सम्मान गरेको हो ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने तथा समुदायमा महत्त्वपूर्ण योगदान दिएका किशोरकिशोरीहरूलाई सम्मानित गर्दै आएको छ ।

प्रतिक्रिया