दैलेखमा पेट्रोलियम अन्वेषण:ड्रिलिङको काम ५५ प्रतिशत सकियो,सफलताका संकेत प्राप्त हुदै

दैलेखमा पेट्रोलियम अन्वेषण:ड्रिलिङको काम ५५ प्रतिशत सकियो,सफलताका संकेत प्राप्त हुदै

   दैलेख - भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पर्दाथको अन्षवेण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिए सँगै मापदण्ड अनुसार पेटोलियम पर्दाथ हुन सक्ने सफलताका संकेत फेला पर्दै गएका छन् ।   चार महिना भित्र ड्रिलिङको काम सक्ने गरी २०८१  जेठदेखि काम सुरु गरिएपनि कडा चट्टानका कारण ५५ प्रतिशत मात्र ड्रिलिङकको काम सकिएको परियोजनाले जानकारी दिएको छ ।

खानी तथा भुगर्भ विभागका भूगर्भविद प्रकाश लुइटेलले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म २ हजार दुई सय मिटर ड्रिलिङ भइसकेको बताए । चार महिना भित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएको थियो । जमिनमुनी कडा कट्टानले गर्दा ड्रिलिङको  काम मंसिर मसान्तसम्म जान्छ ।  अहिले विज्ञहरुले २/२ मिटर गहिराइबाट निस्किएका ढुंगा र माटो परीक्षण गरी तथ्यांक संकलन गरिरेहका छन् । २ हजार सात सय मिटर ड्रिलिङ भएपछि सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी ३ वटा थप अध्ययन हुनेछ । पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका संकेतहरु सफलतापूर्वक प्राप्त भइरहेको छ,उनले भने ।

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरि काम तिव्र रुपले अगाडी बढिरहेको छ ।  चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छन । धार्मिकस्थान मानिने, शिरस्थान ,नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रअरी २८ मा सम्झौता भएको थियो । सुरुवातमा तीनवर्षभित्र तीन चरणका काम सक्ने गरि सम्झौता भएपनि कोरोना महामारीका कारण कामले गति लिन सकेको थिए । 

पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए। त्यसैका आधारमा ड्रिलिङका लागी रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो । ड्रिलिङ गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ भूगर्भविद लुइटेले खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडी बढ्नेछन् ।

चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो । भूगर्भविद्हरुले ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछि पेट्रोलियम पदार्थ पत्ता लाग्ने बताएका छन् । अन्वेषण सफल भए देशको आर्थिक अवस्था सुधार हुनुका साथै ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो ।

प्रतिक्रिया