बोलेरो दुर्घटनामा दुई जना गम्भीर घाइते

बोलेरो दुर्घटनामा दुई जना गम्भीर घाइते घाइतेद्वय मातृका रिमाल र ध्रुव रोकाय सार्की

दैलेख – आइतबार साँझ बोलेरो दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । दैलेखबजारदेखि दुल्लू तर्फ जाँदै गरेको भे १ च २८८५ नम्बरको बोलेरो दुर्घटनामा ती दुई जना गम्भीर घाइते भएका हुन् । दुर्घटना लगतै प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए ।   

बोलरो चाकक दुल्लू नगरपालिका–५ का २१ वर्षीय मातृका रिमाल र दुल्लू नगरपालिका–८ का १९ वर्षीय ध्रुव रोकाय सार्की गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

घाइतेहरुलाई दैलेख जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली प्रदेश अस्पताल रिफर गरिएको छ । घाइते मध्ये ध्रुव रोकाय सार्कीको दाहिने हात कुम नजिक र दाहिने खुट्टाको साप्रामा भाँचिएको र चालक मातृकाको चाहिँ टाउको र हातमा बढी चोट लागेको दैलेख अस्पतालका डा. विकाश महताराले बताउनुभयो । 

दुल्लूदेखि आइतबार दिउँसो मात्र दैलेख सदरमुकाममा सामान्य मर्मत गरेर फर्किँदै गर्दा आइतबार साँझ करि ८ बजेतिरको समयमा दुर्घटनामा परेको हो । पैदल यात्रुलाई साइड दिन लाग्दा सडक छेउबाट करिव २० मीटर सनराइज स्कूलको द्वार नजिक बोलेरो खसेको खसेको थियो । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । 


 

प्रतिक्रिया