अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्त आन्दोलित

अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्त आन्दोलित

सुर्खेत -कर्णाली प्रदेश अस्पताल कालगाउँ मा सुत्केरीको मृत्यु हुँदा आफन्त आन्दोलित भएका छन् । 
वीरेन्द्रनगर नगरपालिका–६ बस्ने १८ वर्षीया सुत्केरी शर्मिला सुनारको मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका हुन । 

शर्मिलाका आफन्तहरू बिहानैदेखि अस्पताल परिसरमा आन्दोलन गरिरहेका छन्। चिकित्सकको लापरबाहीका कारण शर्मिलाको मृत्यु भएको आफन्तहरूको आरोप छ।

डाक्टरले सामान्य अवस्था भनिरहेका बेला एक्कासी सोमबार बिहान साढे ३ बजे सुत्केरीको कसरी मृत्यु भयो,यसको जवाफ मृतकका आफन्तले खोजिरहेका छन् । सुत्केरीको मृत्युको खवर आफन्तलाई दिनु अघि नै प्रहरी तैनाथ गरिनुले घटनामा चिकित्सकको लापरवाहीका कारण भएको


पीडितहरूले आन्दोलन गरेपछि प्रदेश अस्पतालमा एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ।  शर्मिलालाई सुत्केरी व्यथा लागेपछि आइतबार दिउँसो प्रदेश अस्पतालमा पुगेकी थिइन्। अस्पताल प्रशासनका अनुसार शर्मिलालाई अस्पताल भर्ना गर्दा ज्वरो आएको थियो। प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले सुत्केरीको उपचारको क्रममा सोमबार बिहान ३ बजेदेखि ४ बजेको समयमा मृत्यु भएको जानकारी दिए। 

‘सुत्केरीलाई हल्का ज्वरो आइरहेको रहेछ। आइतबार दिउँसो अस्पताल भर्ना भएर सुत्केरी भएपछि रक्तस्राव बढी भयो। बच्चाको धड्कन चलेको थिएन्। बच्चा मृत जन्मिएको थियो,’ उनले भने।

यस्तै, बस्नेतले सुत्केरीलाई धेरै रक्तस्राव भएका कारण बेहोस भएपछि आईसीयूमा राखेर उपचार गरिरहेको बेला उपचारकै क्रममा मृत्यु भएको बताए।

यस्तै, शर्मिलालाई अस्पताल भर्ना गरेपछि बच्चा नचलेको र राती मृत बच्चा जन्मेको अस्पताल प्रशासनले जनाएको छ भने मृतकका आफन्त र अस्पताल प्रशासन छलफल चलिरहेको छ । 

प्रतिक्रिया