महिनावारी परियोजनाले चेपाङ किशोरीमा ल्याएको परिवर्तन

सचेत र सशक्त बनाउँदै समुदायको नेतृत्व गर्दै चेपाङ किशोरी

महिनावारी परियोजनाले चेपाङ किशोरीमा ल्याएको परिवर्तन


सुर्खेत -   गोरखाको गण्डकी गाउँपालिका -६ की २१ वर्षीया सुनिता चेपाङ आफ्नो भविष्य अन्धकारमय देख्नुहुन्थ्यो   । उहाँको छरछिमेकमा उहाँका प्रायजसो साथीहरु बालविवाहमा बाँधिसकेका छन् । अनि सुनिताको पनि यही बाटो लिने वा बिदेशीने सोच थियो । आर्थिक अभाव र अवसरको कमीले उहाँलाई निराश बनाएको थियो । तर, सुनिताको जीवनमा एक यस्तो परिवर्तन आयो, जसले उनको भविष्यप्रतिको सोचलाई नै परिर्वतन गरेको छ  ।

गण्डकी गाउँपालिका वडा नम्बर -१, २, ६ र ७ मा बाराक ओबामा फाउन्डेसनको सहकार्यमा भिजिबल इम्प्याक्टद्वारा सञ्चालित महिनावारी स्वास्थ्य व्यवस्थापन परियोजना (एमएच एम) ले सुनिताको जीवनमा परिर्वतन आएको छ । 

उहाँ भिजिबल इम्प्याक्ट द्वारा सञ्चालित महिनावारी स्वास्थ्य व्यवस्थापन परियोजनामा सहभागी भएपश्चात् आफूमा परिर्वतन आएको बताउँनुहुन्छ  । पहिले आफ्नो विचार व्यक्त गर्न डराउने सुनिता अहिले विद्यालयमा किशोरीहरुलाई महिनावारी व्यवस्थापन, बालविवाह र प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सेसन संचालन गर्दै आउनुभएको छ । पहिले आफ्ना विचार व्यक्त गर्न म आफै डराउँथे,’उहाँले भन्नुभयो, ‘अहिले विद्यालय र गाउँ समाजमा महिनावारी स्वास्थ्य व्यवस्थापन, बाविवाहका बारेमा खुलेर सचेत गराउने गरेकी छु ।’

चेपाङ समुदायकी बिनिता चेपाङ जस्तै सोही पालिकाको वडा नम्बर -२ की कनमाया चेपाङको जीवनमा आएको परिवर्तनको कथा पनि निकै प्रेरणादायक छ । उहाँ आफ्नो समुदायमा आर्थिक समस्या, बालविवाह, र सामाजिक समस्याको सामना गर्दै आइरहनुभएको थियो  । तर, भिजिबल इम्प्याक्ट द्वारा सञ्चालित महिनावारी स्वास्थ्य व्यवस्थापन परियोजनामा सहभागी भएपछि उहाँहरुको सोच र दृष्टिकोणमा परिवर्तन आएको छ  । 

हाम्रो समाज आर्थिक समस्या, बालविवाह, र सामाजिक समस्याले व्याप्त छ,’कनमाया भन्नुहुन्छ, ‘यहाँ भएका समस्याहरुको निराकरण गर्नका लागि विद्यालय र टोलटोलमा सचेतना जगाउँदै छौँ  । सुरु सुरुमा विद्यालयमा शेसन संचालन गर्न जादा विद्यालयका साथीहरुले नै आफूसँगै पढ्ने साथीले के सत्र (शेसन) चलाउला भन्ने कुरा पनि नसुनिएका होइनन् । आफूले जाने बुझेका कुराहरु राख्दै सचेत गराउँदै गएपछि अहिले तिनै साथीहरु राम्रो कुरा उठाएको प्रशंसा गर्दै समाजका समस्या तिम्रा मात्र होइनन्, हाम्रा पनि हुन् सबै मिलेर सजग गराउँदै सम्मुनत समाजको निर्माणमा जुट्नुपर्छ भन्नुहुन्छ खुशी लाग्छ  ।’

वडाबाट छनौट भएर परियोजनामा सहभागी किशोरीहरुले तीन दिने तालिममा महिनावारी स्वास्थ्य, प्रजनन अधिकार, बालविवाह, र किशोरावस्थामा हुने समस्याहरूबारे सिकेका थिए ।  तालिमपछि, उनीहरु विद्यालयमा सेसन लिई अन्य किशोरकिशोरीलाई सचेत गराउँदै आएको सुनिताले बताउनुभयो ।

'महिनावारी स्वास्थ्य व्यवस्थापन परियोजनाले चेपाङ समुदायका किशोरीहरूलाई बालविवाह, प्रजनन अधिकार, र आत्मनिर्भरतालाई लिएर सचेत र सशक्त बनाएको छ।'

 आत्मनिर्भर हुन किशोरीले इच्छाएको सीप सिकाउने योजना

महिनावारी स्वास्थ्य व्यवस्थापन परियोजनाले किशोरीहरुलाई शारीरिक स्वास्थ्यको ज्ञान मात्रै दिएको छैन, उहाँहरुलाई आत्मविश्वास र भविष्यको लागि काम गर्नुपर्छ भन्ने दृढता पनि दिएको देखिन्छ । २०२३ को सेप्टेम्बरमा संचालन भएको महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी दिइने सत्रहरु सकिएको र अब किशोरीहरुले इच्छाएको जुनसुकै सीप सिक्नको लागि प्रक्रिया अघि बढाइने भिजिबल इम्प्याक्टले जनाएको छ । 

यो परियोजना केवल स्वास्थ्य व्यवस्थापनमा मात्र सीमित छैन  यसले किशोरीहरुलाई आत्मविश्वास जगाउने र भविष्यमा आत्मनिर्भर हुन आवश्यक सीप सिकाउने योजनामा रहेको भिजिबल इम्प्याक्टकी कार्यक्रम अधिकृत मनिता शर्मा बताउँनुहुन्छ ।

यसले समुदायमा बालविवाह र विद्यालय छोड्ने समस्यामा कमी ल्याउने उनको अपेक्षा छ । पाँच जना चेपाङ समुदायका किशोरीहरु छनौट गरिएको थियो । तीन दिने आवासीय तालिम पाएपछि उहाँहरुको वडामा पठाइएको शर्माको भनाई छ ।

‘तालिम पश्चात् एउटा ÷एउटा विद्यालय छनौट गरेर ६ कक्षा माथिको किशोर किशोरीलाई महिनावारी स्वास्थ्य व्यवस्थापन, बालविवाह र किशोरावस्थामा हुने यौवन तथा स्वास्थ्य प्रजनन् अधिकार, सुरक्षित गर्भवतनबारे शेसन संचालन गर्नुभएको थियो । यसरी नै हरेक महिनामा एउटा एउटा शेसनहरु गर्दै भाद्र महिनामा सकिएको थियो,’अधिकृत शर्माले भन्नुभयो । 

‘चेपाङ समुदायमा खुलेर बोल्ने आफूलाई लागेको विचार खुलेर व्यक्त गर्न समस्या रहेको थियो तालिम पश्चात् किशोरीमा त्यो समस्याको अन्त्य भएको छ,’ शर्मा भन्नुहुन्छ, ‘पहिले आफ्ना विचार व्यक्त गर्न सक्ने अवस्था थिएन अहिले निर्धक्क खुलेर आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ । उहाँहरुकै क्षमता देखेर समुदायका अन्य किशोर किशोरी पनि हौसिएका छन् ।’ 

चेपाङ समुदायको नेतृत्व गर्न सकुन र समस्याहरुबारे बोल्न सकुन भन्नका लागि महिनावारी स्वास्थ्य व्यवस्थापन परियोजना संचालन गरिएको भिजिबल इम्प्याक्टकी कार्यकारी निर्देशक शिल्पा लामिछानेले बताउनुभयो । चेपाङ समुदायमा बालविवाह, महिनावारी स्वास्थ्य समस्या लगायतका समस्याहरुबारे त्यहाँको किशोरीहरुलाई जानकारी हुँदा हुँदै पनि उहाँहरुमा त्यसबारे बोल्न आत्मविश्वासको कमी थियोे,उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य उहाँहरुको क्षमता अभिवृद्धि गर्ने र उहाँहरुलाई नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम बनाउने थियो ।’

चेपाङ समुदायका किशोरीको क्षमता विकास गर्दै समुदायका समस्याबारे बोल्न र समुदायको नेतृत्व गर्न अब सक्षम भएको कार्यकारी निर्देशक लामिछानेले विश्वास व्यक्त गर्नुभयो  । 

प्रतिक्रिया