आजको मौसम : बिहानैदेखि देशभरको मौसम बदली

आजको मौसम :  बिहानैदेखि देशभरको मौसम बदली

काठमाडौँ । आज बिहानैदेखि देशभरको मौसम बदली (आकाशमा बादल) भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एकरदुई स्थानमा भारी वर्षासमेत भइरहेको छ। 

महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी  प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

महाशाखााका अनुसार आज राति पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया