दैलेखका तीनवटा पालिकामा अपाङ्गता पहिचान तथा घुम्ती शिविर

८६१ जनाको निशुल्क स्वास्थ्य पहिचान तथा स्वास्थ्य परिक्षण

दैलेखका तीनवटा पालिकामा अपाङ्गता पहिचान तथा घुम्ती शिविर


डम्वर विश्वकर्मा
 दैलेख - 
 दैलेखमा अपाङ्गता पहिचान तथा घुम्ती शिविर सम्पन्न भएको छ  । सिवीएम ग्लोबल नेपाल र सोसेक नेपालको साझेदारीमा संचालित हातेमालो– हाम्रो आवाज हाम्रो सहभागिता परियोजनाको आर्थिक सहयोग तथा अपाङ्ग बालअस्पताल तथा पुर्नस्थापना केन्द्रको प्राविधिक सहयोगमा दुल्लू नगरपालिका, भैरवी र नौमूले गाउँपालिकाको आयोजनामा  शिविर संचालन गरिएको थियो । 

अपाङ्गता तथा घुम्ती शिविर दैलेखको दुल्लू नगरपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिका गरिएको थियो । असोज ४ र ५ गते दुल्लू नगरपालिका, ६ गते भैरवी गाउँपालिका र ७ गते नौमूले गाउँपालिकामा अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ती शिविर संचालन गरिएको थियो । 

नौमुले गाउँपालिकामा संचालन भएको अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ती शिविरमा बोल्नुहुँदै प्रतिनिधि सभा सदस्य सीताकुमारी रानाले  अपाङ्गता भएका व्यक्तिहरु तथा अपाङ्गता पहिचान हुननसकेका व्यक्तिहरुको पहिचान गरि आवश्यक उपचार,सहायक सामाग्री वितरण, डाक्टर परामर्श र  सहयोग गर्ने उद्वेश्यले शिविरको आयोजना गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । 
प्रतिनिधि सभा सदस्य रानाले प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेको स्वास्थ्यकक्षहरुको अवलोकन समेत गर्नु भएको थियो । 

त्यस्तै शिविरले अपाङ्गता पहिचानका आधारमा उपचार परामर्श शल्यक्रियाका लागि निरन्तर साथ सहयोग हुने अपाङ्गता बालअस्पताल कर्णाली प्रदेश प्रमुख होमराज के.सीले बताउनुभयो  । 
छोरीको खुट्टामा समस्या थियो यसरी पालिकामै स्वास्थ्य शिविर भएर उपचार भएपछि खुशी भएको भैरवी गाउँपालिका १ कि फम्फा बिक बताउँनुहुन्छ । छोरीको खुट्टा जन्मजात बाँङ्गो औँला जोडिएको समस्याले नेपाल र भारत सबै ठाँउमा पु¥याएको खुट्टा काट्नु पर्छ भनेका थिए,’उहाँले भन्नुभयो, ’ तर, पालिकामै स्वास्थ्य शिविरमा आएर डाक्टर परामर्शमा उपचार हुने प्लास्टर भएको छ ।  थप उपचार का लागि र सुर्खेत जानु पर्ने बताउनुभयो छ र म उहाँहरु सम्पूर्ण सहयोगीलाई धन्यवाद छ  ।

घुम्ती शिविरबाट शारिरिक अपाङ्गता भएका बालवालिकाहरुलाई उपचार, परामर्श, रिफरल तथा सहायता सामाग्रीहरु उपलव्ध गराइएको अपाङ्ग बालअस्पतालका डाक्टर विवेक लामाले बताउनुभयो  ।

सिवीएम ग्लोबल नेपालको आर्थिक सहयोगमा सोसेक नेपालद्वारा संचालित हातेमालो परियोजना संयोजक हरिकला खड्का ले अपाङ्गतापहिचान घुम्ती शिविर मा एकदमै जोखिम मा परेका  अपाङ्गता भएका बालवालिकाले सेवा लिन सहभागि भएको, आर्थिक अवस्था कमजोर भएका बालवालिकालाई पनि उपचार र सहयोग गर्ने डाक्टर लामाले बताउनुभयो ।   

अपाङ्गता पहिचान तथा स्वास्थ्य परिक्षण निशुल्क घुम्ती शिविरमा दुल्लू अस्पताल, दुल्लूमा गरिएको  स्वास्थ्य परिक्षण शिविरबाट ३५८ जना,  हिमालय माध्यामिक विद्यालय डाँडीमाडीमा भैरवीमा २९८ जना र प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेमा  २०५ जना  गरि जम्मा ८६१ जनाको स्वास्थ्य पहिचान तथा परिक्षण गरिएको अपाङ्गता बालअस्पताल कर्णाली प्रदेश प्रमुख होमराज के.सीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया