बसन्तीकुन्टाका बासिन्दाले बल्ल पाए,घर आँगनमै शुद्धपिउने पानी

बसन्तीकुन्टाका बासिन्दाले बल्ल पाए,घर आँगनमै शुद्धपिउने पानी

सुर्खेत -चौकुने गाउँपालिका –९ बसन्ती र कोकलेबस्तीका बासिन्दाले घर आँगनमा पिउने पानी पाउँदा खुशी छन् । सधै खोला र खोल्साको धमिलो पानी पिउदै आएका त्यहाँका बासिन्दाले घर आँगनमै शुद्ध पिउने पानी पाउँदा औधी रमाएका हुन् । 

घरआँगनमा शुद्ध पिउने पानी पाउँदा सरुवा रोग लाग्ने चिन्ता समेत हटेको भविसरा सिजापतिले बताईन । पहिला खोला र खोल्सा पानी पिउँदा सरुवा रोग झाडापखाला लागेर हैरान हुन्थे,खानेपानी बनेपछि एकातिर रोग लागेको छैन । समयको बचत भएको छ । खोलाबाट पानी ल्याउने समयले घरआँगमा तरकारी खेती लगाउने योजनाका बुनेको उनको भनाई छ । 

     भविसरा मात्र होइनन् सोही गाउँका ९८ बर्षिया टेकबहादुर शाही औधी रमाएका छन् । २०२८ सालदेखी हाट (हटारु) आउँदा हामी यही बाटो आउँथ्यो,खोलाखोल्साकै पानी पिउने खाना पकाउने गथ्र्यो । म दैलेखको तिलेपाटा बसाईसरेर यहाँ आएको हुँ । यति बर्षसम्म यहाँ कसैले पनि पानी ल्याएका थिएनन् । अहिले क्या संस्थाले पानी ल्याईदिएको छ भन्छन् मलाई नाम भन्न आउदैन ।  अगाडी निर्माण गरिएको धारा देखाउँदै शाहीले भने । हाम्रा दुःखका कुरा ग¥या त एकरात एकदिन जान्छ । अब अहिले घर घर धारा वने हामीले पाएका दुःख नाती नातिनी हुदैन शाहीले थपे । विगतका दिनमा पानी नहुँदा डेढघण्टा टाढाबाट पानी ल्याउनुपथ्र्यौ । त्यो पालो अनुसार भर्नु प¥यो । धमिलो पानी थिग्रिएपछि मात्र पानी पिउनु पथ्र्यौ । आज भोली जतिवेला जसरी पानी पिए पनि भयो,पानीबाट हामीकन रोग नलागोस भनेर क्या मेशिन जोडेका छन भन्छन,मलाई भन्न आउदैनन्,फुलेको कपाल सुम्सुम्याउदै शाहीले विगतलाई सम्झिए । यति भनिरहँदा एकातिर टेबहादुर खुशी जस्ता देखिन्थे भने विगत सम्झिदा अनुहार मलिन हुन्थ्यो । 

कोकली बसन्तीकुन्टाका घरघरमा धारा निर्माण बनेपछि स्थानीयबासीको दैनिकी समेत फेरिएको छ पानी ल्याउनुपर्ने समय बचाएर बसन्तीबासीले खेतवारी वा तरकारीबारीमा काम गर्न थालेका छन् । व्यवसायीक खेती नगरेपनि जहानपरिवार खानको लागि भएपनि बारीमा तरकारी लगाएको भविसरा सिजापति भनिन् । सिजापति जस्तै खगिसराको दैनिकी समेत फेरिएको छ । विहान र बेलुका पानी ल्याउन जाँदा पढाईको खाँचो हुन्थ्यो । तर अब घर अगाडी नै धारा बनेपछि पानी पनि पाईयो पढाई पनि हुने भो । विहान बेलुका खोलाबाट पानी ल्याउनुपर्ने बाध्यताले विद्यार्थीको पढाई समेत खाँचो नरबहादुर शाहीले बताए । उनले भने,धारा निर्माण सँगै यहाँको जीवनशैली र दिनचार्य समेत फेरिएको छ । पानी अभावले फाहोरमैला हुन्थ्यो ।शौचालय मानिस जंगल धाउँथे । घर घरमा धारा बनेपछि सबैकुरामा बदलिएको छ । 
युनिसेफको १० लाख,चौकुने गाउँपालिकाको ६ लाख ७२ हजार४७६ रुपैया,गल्र्स म्याटर फरफेक्ट र सोसेक नेपालको ८लाख ७७ हजार गरि ३३ लाख ९६२ लगानीमा खानेपानी योजना निर्माण गरिएको हो । बस्तीमा ५७ र विद्यालयमा १ वटा गरि ५८ धारा निर्माण गरिएको वडाअध्यक्ष कविराम खनाले जानकारी दिए । पानीका कारण विद्यालयका विद्यार्थी समेत शौच गर्न जंगल धाउँथे अब विद्यालयमै धारा निर्माण भएपछि विद्यालयको शौचालय समेत प्रयोगमा आएको छ,उनले भने । 
 

प्रतिक्रिया