चामुण्डाविन्द्रासैनी नगरपालिकाद्धारा एकैपटक ७१ जना कर्मचारी हटाईयो

चामुण्डाविन्द्रासैनी नगरपालिकाद्धारा एकैपटक ७१ जना कर्मचारी हटाईयो

 दैलेख - दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले एकैपटक ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको छ । गएको असोज ३ गते बसेको कार्यापालिका वैठकले करार सेवाका कर्मचारीहरुलाई आन्तरिक आम्दानी नभएको भन्दै ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको हो ।  सामाजिक परिचालक,पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों , अ.हे.व. चौथों, नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचिकार करार सेवा सम्झौता रद्द गरेको चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ । 

      एकैपटक ७१ जनाको करार सेवा सम्झौता रद्द भएपछि पालिकाको वडानं १, ६र ७ का वडा कार्यालय सहयोगीको भरमा चलिरहेका छन् । नगरपालिका वडानं.–१ का वडा अध्यक्ष उदे कामी बताए अनुसार  एकपटैक यतिका कर्मचारी हटाउँदा  असोज ४ गते देखि वडाका सामान्य सिफारिस ,स्थानीय पञ्जिकाधिकारी काम समेत नभएको बताए । 
त्यसैगरि वडा नं. ६ र ७ को समस्या पनि उस्तै छ । सहयोगीको भरमा कार्यालय चलाउदा सामान्य सिफारिस दिन सकिएको छैन । जन्मदर्ता,बसाईसराई,विवाह दर्ता लगायतका काम लिएर आएका सेवाग्राहीलाई केहीलाई वडानं –८ बाट सेवा दिएको र कतिपय सेवाग्राहीलाई केही दिनपछि आउनु भनेर सम्झाई बुझाई गरेर घर फर्काएको वडानं –७ का वडाअध्यक्ष इन्द्रप्रसाद चौलागाईले बताए । 

नेपाल सरकारले वैदेशिक ऋण लिएर गाउँको विकासका लागि समानीकरण रकम खर्च गर्नुपर्नेमा तलव भत्तामा खर्च भुक्तानी गरि अपलचन गरेको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि साउन र भदौं महिनाको तलव रावश्व वाडफाँटबाट दिने गरि कर्मचारीको करार सेवा रद्ध गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाकाले जनाएको छ । 
आन्तरिक राजस्व वाहेक विकासको पैसाले कर्मचारी राख्न नपाईने हुँदा एकैपटक यतिका कर्मचारी हटाउनु परेको पालिकाका प्रवक्ता रत्नबहादुर शाहीले बताए । कर्मचारी हटाउदा समस्या त आएको छ । अब एउटै कर्मचारीले दोहोरो भुमिका गर्नुपर्ने छ । वडाको समस्या त समाधान हुन्छ । तर स्वास्थ्यमा समस्या आउने भएकाले कसरी अगाडी बढने भनेर छलफल भईरहेको छ । समस्याको समाधान छिट्टै टुंगो लाग्छ उनले भने । 

 करार सेवा सम्झौता रद्द हुँदा चामुण्डा विन्द्रासैनी नगरपालिकामा रहेका ६ वटा  शहरी स्वास्थ्य क्लिनिक र ६ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र,असोज ४ गते बाट बन्द छन । स्वास्थ्य शाखा मान कुमारी शाहीका अनुसार बर्थिङ्ग सेन्टरका कार्यालय सहयोगी तथा अन्य कर्मचारी लाई हटाउदा समस्या आएको बताईन । उनले भनिन, पालिकाको नियमित खोप १६ गते भएकाले कसरी खोप व्यवस्थापन गर्ने भन्ने अन्योल छ । शहरी स्वास्थ्य क्लिनिक, आधारभुत स्वास्थ्य सेवा केन्द्र बाट सेवाग्राहीले सेवा पाएका छैनन भने चामुण्डा स्वास्थ्य चौकी, जम्बुकाँध स्वास्थ्य चौकी र लयाटी स्वास्थ्य चौकी बाट सेवा दिइरहेका छौं । 

चामुण्डा विन्द्रासैनी नगर पालिकामा नगरपालिकाको आन्तरिक आम्दानी र  संघीय सरकारबाट प्राप्त रावश्व बाडफाँट बाट नियुक्त गरिएका केही करार कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिई वडामा पठाउन प्रयास गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाले जनाएको छ ।  
कार्यालयमा स्थायी  दरवन्दीमा रहेका प्रशासन सेवाका सहायक स्तर चौथों र सहायक स्तर पाँचौंमा कार्यरत कर्मचारी भने गाउँमा जान तयार छैन । प्रशासन सेवाका कर्मचारी वडामा जान नमानेपछि  असोज ८ गते का दिन पशु सेवा शाखामा कार्यरत पशु प्राविधिक  करनसिंह धामी लाई वडा नं. १ र सहायक कम्प्युटर अपरेटर झलक कुमार खत्रिलाई  वडा नं. ७ को वडा सचिवको जिम्मेवारीको पत्र बने पनि वडामा पठाइएको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठित नगर प्रहरीहरु अलपत्र परेका छन् । स्थानिय सरकारले आन्तरिक राजश्वबाट तलब भत्ता दिने गरि गठन गरिएको नगर प्रहरीलाई पनि वित्तिय समानिकरण वजेट बाट तलब भुक्तानी गरेको देखिएकाले करार सेवा बाट हटाउनु परेको छ । उमेर भएको वेला नगर प्रहरी भइयो अव अहिले उमेर पनि गयो । अव अरु ठाउमा दस्खास्त दिने उमेर पनि छैन । अव के गर्ने भन्ने अन्योल रहेको एक नगर प्रहरी बताएका छन ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ को विनियोजित वजेटमा आन्तरिक आम्दानी तथा संघीय सरकारबाट प्राप्त रावश्व बाडफाँटमा सामाजिक परिचालन अन्र्तगत कर्मचारी व्यवस्थापन मा रु ४० लाख,करार सेवा शुल्क नगर प्रहरी रु १५ लाख, करार सेवा शुल्क १ करोड ६० लाख गरि २ करोड १५ लाख विनियोजन गरिएको थियो । 
 

प्रतिक्रिया