‘सोसेकको सहयोग पायौँ अनि, व्यवसायिक कृषक भयौँ’

‘सोसेकको सहयोग पायौँ अनि, व्यवसायिक कृषक भयौँ’


ठाटीकाँध  -   ठाटीकाँध गाउँपालिका -६ का नन्दा बडुवाल उमरले ५५ वर्ष पुग्नुभयो । उमेरले ५५ वर्ष पुगेता पनि व्यवसायिक तरकारी खेतीमा होमिने उहाँको इच्छा रोकिएको छैन । उहाँले व्यवसायिक तरकारी खेती गर्न थालेको नौ वर्ष वर्ष भयो । २०७२  देखिनै सामान्य घरमै तरकारी खानका लागि तरकारी उब्जनी गर्ने उहाँले अहिले व्यवसायिक तरकारी खेतीमा होमिएका छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्न सुरु गरेदेखी नन्दाको दैनिकीसँगै आर्थिक अवस्थामा पनि परिर्वतन आएको छ । उहाँ जनप्रगतीशील कृषक समूहको अध्यक्ष समेत रहनुभएको छ ।   

पहिलेदेखि नै व्यवसायिक तरकारी खेतीमा होमिएकी उहाँले सोसेकको साथ पाएपछि झनै उर्जा थपिएको छ । सोसेक नेपालबाट पक्की प्लाष्टिक टनेल, मौसमी तथा बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम लगायत आइपिएम र कृषि अगुवा तालिम पाएपछि व्यवसायिक तरकारी खेतीमा हौसिन झनै उर्जा थपेको नन्दा बडुवाल बताउँनुहुन्छ । पहिले आफ्नै बलबुतामा तरकारी खेती गदै आएकी थिए,’उहाँले भन्नुभयो, ‘जब सोसेकको साथ पाए अनि व्यवसायिक रुपमा तरकारी खेतीमा होमिए ।’

नन्दा जस्तै सोही ठाउँकै २५ वर्षीय अमृता रोकाया पनि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । पहिले आफूलाई मात्र खानका लागि तरकारी खेती गर्ने नन्दाले अहिले करिब दुइ रोपनी जग्गामा व्यवसायिक रुपमै तरकारी खेती थाल्नुभएको छ ।

ठाटीकाँध गाउँपालिका -६ का अमृता रोकाया र नन्दा बडुवाल मात्र होइन अहिले यहाँका अधिकांस कृषकहरु व्यवसायिक रुपमा तरकारी खेतीमा होमिएको सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना कृषि प्राबिधिक भुपेन्द्र सिजापति बताउँनुहुन्छ । 

अमृता र नन्दाले बारीभरी लटरम्म काउली बन्दा, टमाटर, साग, खुर्सानी, काक्रा , आलु  लगायतका तरकारी लगाउनुभएको छ  । तरकारी खेतीबाट एक सिजनमा नन्दाले ७० देखि ८० हजार कमाउने गरेको बताउँनुहुन्छ । त्यस्तै अमृताले एकसिजनमा १० देखि १५ हजार सम्म आम्दानी गर्नुहुन्छ । 

२०७२ बाट थोरै लगानीबाट तरकारी व्यवसाय गर्दै आएका नन्दा बडुवालले तीन रोेपनी भन्दा बढी जग्गामा तरकारी लगाउनुभएको छ  । उहाँले मौसमी तथा बेमौसमी गरेर वार्षिक रुपमा मनग्य आम्दानी गर्ने गरेको उहाँल बताउनुभयो  । 

नन्दा बडुवाल जस्तै वडा नम्बर -६ मा व्यवसायिक तरकारी खेतीमा होमिनेहरुको संख्या बढ्दो क्रममा रहेको छ । यो वडामा हाल ३० जनाभन्दा बढी रहेका छन् । पाँच हजार देखि वार्षिक १ लाख २० हजारसम्म आम्दानी गर्दै आएको सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना कृषि प्राबिधिक भुपेन्द्र सिजापतिले जानकारी दिनुभयो   । उहाँका अनुसार वडामा हुने विभिन्न तालिम, समूह बैठक, घर भेटघाटले आफैलाई मात्र खान पुग्ने गरी लगाउने कृषकलाई क्षमता अभिवृद्धि गरी व्यवसायिक रुपमा तरकारी खेती गर्ने कृषकको संख्या रहको छ  । 
 

प्रतिक्रिया