बाढीपहिरोमा ४९ जनाको ज्यान गयो, ४० सम्पर्कविहीन

बाढीपहिरोमा ४९ जनाको ज्यान गयो, ४० सम्पर्कविहीन

 

बाढीपहिरोमा परेर देशभर ४९ जनाको ज्यान गएको छ भने ४० जना हराइरहेका छन्।

तीन दिनदेखि लगातार  वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले धनजनको क्षति भएको छ। शनिबार अपराह्नसम्म सबैभन्दा बढी काठमाडौं उपत्यकामा धनजनको क्षति भएको छ।

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी ३२ जनाको मृत्यु भएको नेपाल प्रहरीका सहप्रवक्ता विश्व अधिकारीले बताए। उपत्यकाका तीन जिल्लामा १७ जना घाइते भएका छन् भने १२ जना हराइरहेका छन्।

अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ।

त्यस्तै, काठमाडौं बाहिर देशका विभिन्न स्थानमा १७ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा पनि २८ जना हराइरहेको नेपाल प्रहरीले जनाएको छ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका प्रमुख राजमार्ग अवरुद्ध भएको छन्। अपराह्नसम्म ६८ स्थानमा राजमार्ग अवरुद्ध रहेको सडक विभागले जनाएको छ।
 

प्रतिक्रिया