दैलेख –सुर्खेत सडकखण्डको भाडा घट्यो

दैलेख –सुर्खेत सडकखण्डको भाडा घट्यो

दैलेख–दैलेख सुर्खेत सडकखण्डको यातायात सवारी साधनमा नयाँ भाडादर कायम गरिएको छ । यातायातप्रालिका सञ्चालक संयुक्त वैठकले छलफल गरेर नयाँ भाडादर कायम गरिएको हो । गएको आईतवार पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज जैशीले दैलेख–सुर्खेत सडकखण्डमा नयाँ भाडादर कायम गरिएको जानकारी दिए । 
यस अघि सवारी साधनले सुर्खेत दैलेख सडकखण्डमा यातायात प्रालिले यात्रुबाट प्रति व्याक्ति ६ सय ३५ भाडा लिने गरेका थिए ।  सोमवार देखी लागु हुने गरि भाडादर घटाएर प्रति यात्रुबाट ५ सय ५० रुपैयाँ कायम गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सुचना अधिकारी गणेश प्रसाद कोईरालाले बताए । उनले भने,नयाँ कायम गरिएको भाडादरले यात्रीलाई ८५ रुपैया कम गरिएको छ ।विभिन्न यात्रीबाट सुर्खेत दैलेख सडकखण्डमा भाडादर यातायात प्रालिले बढी लिने गरेको यात्रुबाट गुनासो आएपछि छलफल गरेर नयाँ भाडादर कायम गरिएको छ उनले भने । 
त्यसैगरि मध्यपहाडी राजमार्गमा सदरमुकाम आवतजावत गर्न सजिलो लागि मध्यपहाडी राजमार्गको सदरमुकाम देखी पश्चिम राकमकर्णाली र सदरमुकामदेखी सुयाडासम्म अस्थायी रुट परमिट लागि प्रक्रिया अगाडी बढाइएको सुचना अधिकारी कोईरालाले जानकारी दिए । सदरमुकाम वाट पुर्व र पश्चिममा सञ्चालन भएका बोलेरो जीपले यात्रीबाट मनपरि भाँडा असुल्ने गरेकोले ती ठाउँमा ठाउँमा सार्वजनिक यातायात सञ्चालनको लागि प्रक्रिया अगाडी बढाइएको हो । रुट परमिट पाए सँगै सदरमुकाम आवतजावत गर्ने यात्रीले बढी भाँडा तिर्नुपर्ने बाध्यता हटने छ । 
तर जिल्ला बाहिर नयाँ भाडादर कायम गरेपनि जिल्ला भित्र चल्ने सवारी साधनले भने २५देखी ३० किलोमिटरको दुरीमा पनि ५ सय देखी १ हजार रुपैयाँ लिने गरेका छन् । जिल्लाको चामुण्डा,ठाटीकाँधवाट सुर्खेत चल्ने अधिकाँश सवारी साधनले आफु खुशी भाडा लिने गरेको स्थानीयबासी बताउँछन् । 
   
 

प्रतिक्रिया