एकिकृत जलस्रोत व्यवस्थापन परियोजना समिक्षा बैठक सम्पन्न

एकिकृत जलस्रोत व्यवस्थापन परियोजना समिक्षा बैठक सम्पन्न

दैलेख -  दैलेखमा एकिकृत जलस्रोत व्यवस्थापन परियोजनाको योजना समिक्षा बैठक सम्पन्न भएको छ । हेल्भेटास नेपालको साझेदारीमा सोसेक नेपाल दैलेखको आयोजनामा उक्त योजना समिक्षा बैठक सम्पन्न भएको हो ।

समिक्षा बैठकमा हेल्भेटास नेपाल र सोसेक नेपालले वर्ष भरि परियोजनागत रुपमा गर्दै आइरहेका विकास निर्माण सम्बन्धी कार्यक्रमहरुको समिक्षा गरिएको बताइएको छ ।  विकास निर्माण कार्यक्रमहरु को समिक्षा गर्दै आगामी वर्षका लागि योजना निर्माणका बारेमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो । 

स्थानिय तहहरुमा संस्थाले काम गर्दै गर्दा आउने चुनौती तथा बाधा अड्चनहरुलाई कसरी समाधान गर्ने भन्नेबारे र स्थानीय तहमा संस्थाले अपनाउनुपर्ने समन्वयकारी भूमिका कसरी पुरा गर्न सकिन्छ र समुदायमा सहज वातावरणमा काम कसरि गर्न सकिन्छ भन्ने बारेमा वैठकमा समिक्षा गरिएको एकिकृत जलस्रोत व्यवस्थापन परियोजना फिल्ड संयोजक महेन्द्र अधिकारीले जानकारी दिनुभयो  ।

समिक्षा बैठकमा विगतका वर्षहरुका समिक्षा पछि बैठकबाट आगामी वर्षका योजनाहरु निर्माण गरिएको छ । योजना समिक्षा बैठकमा परियोजनाका विभिन्न स्थानिय स्तरमा काम गर्ने संस्थाका परियोजना कर्मचारीहरु, सोसेक नेपाल दैलेखका प्रतिनिधि,हेल्भेटास नेपालका प्रतिनिधि गरी २३ जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया