विद्यालय व्यवस्थापन समितिलाई अभिमुखिकरण तालिम

विद्यालय व्यवस्थापन समितिलाई अभिमुखिकरण तालिम


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई अभिमुखिकरण तालिम संचालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका -२ कोलडाँडा स्थित प्रभात माध्यामिक विद्यालयका पदाधिकारीका लागि अभिमुखिकरण तालिम संचालन गरिएको हो ।

एईआइएन लक्जेम्बगको साझेदारीमा बाल हेल्पलाइन १०९८  र सोसेक नेपालको आयोजना मा विद्यालयको सुसाशन सम्बन्धि अभिमुखिकरण तालिम दिइएको बताइएकोे छ । 

पछिल्लो समय विद्यालयमा अध्यनरत बालबालिकाहरुकोसामाजिक सन्जाल र मोबाइल फोनको प्रयोग बढ्दै गएको र पठनपाठन प्रभावित भएको र यस्को प्रयोग कम गर्न विद्यालय व्यवस्थापन समितिलाई अभिमुखिकरण तालिम दिइएको थियो । 

बालबालिकामा मोबाइल फोनको प्रयोग अत्यधिक रुपमा बढ्दै गएको र यस्को नियमन र सकारात्मक कुरातर्फ मोड्न अभिभावक र विद्यालय व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण रहने विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकराज आचार्यले बताउनुभयो । 

विद्यालयमा शुसासन कसरि गर्न सकिन्छ,विद्यालय व्यवस्थापन समितिका कानुनी आधार र गठन प्रक्रिया, काम कर्तव्य र अधिकार के के हुन ? विद्यालयको सर्वाङ्र्गीण विकास, बालवालिकाको सिकाईमा गुणस्तर बढाउनमा व्यवस्थापन समितिले के के भूमिका खेल्न सक्छ भन्नेबारेमा अभिमुखिकरण तालिम गरिएकोमा तालिम को उद्धेश्य अनुसार उपलब्धी प्राप्त भएको सोसेक नेपालद्वारा संचालित बिहानी परियोजना संयोजक मायाअधिकारी  ले बताउनुभयो  । अभिमुखिकरण तालिममा विद्यालय व्यवस्थापन समितिका ९ जना सदस्यको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया