वडादशैको विदामा पनि वालहेल्पलाई र सेफ हाउस खुल्ला रहने

वडादशैको विदामा पनि वालहेल्पलाई र सेफ हाउस खुल्ला रहने

        दैलेख । नेपालीहरुको महानचार्ड विजया दशमीमा पनि वालहेल्प लाईन १०९८ र सेफ हाउस खुल्ला रहने छ । बालहेल्पलाईन १०९८ र सेफ हाउस  २४ सैं घण्टा खुल्ला रहने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले हस्ताक्षर सुचनामा उल्लेख गरिएको छ ।
      कार्यालय वन्द र खुल्ला रहने विषयमा जारी सुचना अनुसार भनिएको छ,नेपालीहरुको महानचाड वडादशैको अवसरमा सोसेक नेपालका दैलेख, सुर्खेत, काठमाण्डौं, दुल्लू, गुराँस, दाङ, जम्बुकाँध, ठाटीकाँध कालिकोट,जुम्ला जाजरकोट,नलगाड लगायतका स्थानमा रहेका कार्यालय २०८१ असोज २४ देखी २८ गते सम्म वन्द रहने र असोज २९ मंगलवार विहान १० बजे कार्यालय सञ्चालन गरिने सुचनामा उल्लेख गरिएको छ । 


तर बालहेल्प लाईन १०९८ र सेफ हाउस २४ सैं घण्टा खुल्ला रहने असोज १८ गते प्रकाशित सुचनामा भनिएको छ । चाडपर्वमा बढी महिला र बालबालिका जोखिममा रहेने सम्भावना भएकाले बालबालिकालाई उद्धार, राहत तथा पुनस्थापना गर्नुपर्ने हुँदा खुल्ला गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक थापाले जानकारी दिए । वालहेल्पलाईन १०९८ र सेफ हाउस अति आवश्यक सेवा भएकोले वडादशैको विदामा बन्द नगरेर खुल्ला राख्नु परेको हो,उनले थपे । 

प्रतिक्रिया