बाढीपहिरोले १८ विद्यार्थीको मृत्यु, २४ वटा विद्यालय भवन पूर्ण रुपमा क्षति

बाढीपहिरोले १८ विद्यार्थीको मृत्यु, २४ वटा विद्यालय भवन पूर्ण रुपमा क्षति

काठमाडौँ–एकसाता अघि आएको बाढी र पहिरोले १८ जना विद्यार्थीको मृत्यु भएको शिक्षा मन्त्रालयले जनाएको छ ।  जिल्लाबाट संकलन गरिएको विवरण अनुसार बाढी र पहिरोले २४ वटा विद्यालयका भवन पुर्ण रुपमा क्षति भएको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताए । बाढीले सबैभन्दा बढी क्षति काभ्रेमा परेको छ ।  

मन्त्रालयका अनुसार मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाको वात्सल्यदेवी माध्यमिक विद्यालयका ६ जना, ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गोठभन्याङ माविका एक जना, काभ्रेको बनेपा नगरपालिकाको आशापुरेश्वर आधारभूत विद्यालय १ जना , तिमाल गाउँपालिकाको कुशेश्वर माविका १ जना , सर्वोद्वार माविमा अध्ययनरत  २  जना विद्यार्थीको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


त्यस्तै रोशी गाउँपालिकाको ज्वालादेवी आधारभूत विद्यालयका २ जना, पनौती नगरपालिकाको श्रीराम माविका १ जना, बुटवलको कालिका माविको २ जना, दोलखा भीमेश्वर नगरपालिकाको अल्पाइन माविका १ जना, भक्तपुर सूर्यविनायक नगरपालिकाको ज्योति माविका १ जना विद्यार्थीको बाढी र पहिरोमा परेर ज्यान गुमाएको विवरण प्राप्त भएको मन्त्रालयका सूचना अधिकारी जानकारी दिए । 

मन्त्रालयका अनुसार ललितपुरको ज्ञान ज्योति आवि, गोदावरीको जन विकास मावि, बुद्ध मावि बाडे गाउँ, गणेश आवि, हिमाली आवि, गोदावरी आवासीय, नागदह आविको भवनमा क्षति भएको छ । त्यस्तै काभ्रेपलान्चोकको नवज्योति आवि, कालिकादेवि, सिमभञ्ज्याङ, पञ्चकन्या मावि, भुमेस्थान मावि, फुल्चोकी, बाल कल्याण, ग्रामोदय आवि, भालेश्वर माविको भवनमा क्षति भएको मन्त्रालयले जनाएको छ । त्यस्तै काभ्रेको कौशिक वैदिक गुरुकुल, कालीदेवी आविको एकरएक भवनमा पूर्ण क्षति भएको छ । 

बाढीले सुर्खेतको भगवती माविको दुई, चितवनको मालपुर माविको एक, तनहुँको कालिका देवी आवि, चन्द्रज्योति माविको एउटा भवनमा क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आठ कोठे भवन दुई वटामा पूर्ण क्षति भएको छ । यस मध्ये पहिरोले पुरिएको १३ वटा रहेको छ । बाढी पहिरोमा परेका मध्ये ५० जना शिक्षक र विद्यार्थीको उद्धार भएको मन्त्रालयले तथ्याङ्क संकलन गरेको छ । 

प्रतिक्रिया