पहिरो पीडितले पाएनन् राहत, भन्छन्, 'आश्वासन पाइयो, राहत पाइएन'

पहिरो पीडितले पाएनन् राहत, भन्छन्, 'आश्वासन पाइयो, राहत पाइएन'


दैलेख -  ९ साउन २०८१ ठाटीकाँध गाउँपालिका -२ पीपल चौताराकी लालसरी बमका लागि कालो दिन भइदियो ।  लालसरा बमले श्रीमान, छोराछोरी र बुहारीले बुबा, र नातीले हजुरबा गुमाएको कालो दिन । घरमाथिको पहिरो रोक्न पर्खाल लगाउँदै गर्दा लालसरा बमका श्रीमान  शेर बहादुर बम पहिरोमा पुरिएर ज्यान गुमाउनुभयो । उहाँसँगै पहिरो पन्छाउन सहयोगका लागि अन्य स्थानीय भागेर बाच्न सफल भए तर, ५५ वर्षीय शेर बहादुर बम सधैका लागि माटोभित्रै अस्ताउनुभयो  । 

श्रीमानको मृत्युपश्चात् लालसरी बमको परिवार यतिबेला ठूलो पीडामा हुनुुहुन्छ । अहिले पनि यो परिवारलाई पहिरोले झस्काइरहन्छ । राती पहिरोले दुखेको घाइलाई झनै चिरा पार्दै झस्काइरहन्छ । बम परिवार अहिले पनि पहिरोको त्रासमा छ । राती पहिरोले बेला बेला झस्काइरहने लालसरा बम बताउनुहुन्छ   । पहिरोले श्रीमानको ज्यान लियो हामी बाँचेकालाई पनि पहिरोले झस्काइरहन्छ ,’उहाँले भन्नुभयो, ‘पहिरोको त्रासले रातभर निन्द्रा लाग्दैन ।’

घर माथिको पहिरो निरन्तर खसिरहेको छ । कुन बेला घरसहित परिवार बगाउने हो भन्ने चिन्तामा छ बम परिवार । पहिरोमा परेर एक सदस्यको ज्यान गुमाएकी लालसरा बम पीडामा हुनुहुन्छ  । उहाँको पीडामा मलम लगाउनको लागि सरकार बेखबर छ । विपदमा परेकाहरुका लागि सरकारले राहत पाउने भएपनि उचित राहत सहयोग नपाएको लालसरा बलमे गुनासो गर्नुभयो  ।

 पहिरोमा पुरिएर श्रीमानको ज्यान गयो, नातीलाई बचाउन सफल भइयो उस्को हातको एउटा औँला छैन यस्तो विपदमा परेकाहरुका लागि सरकारले राहत दिन्छ भनेर जिल्ला र प्रदेशमा गएँ,’आश्वासन पाइयो राहत पाइएको छैन ।’

बम परिवारलाई ठाटीकाँध गाउँपालिकाले क्रियाखर्चबापत २५ हजार राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । हालसम्म स्थानीय तहबाहेक अन्य कुनै ठाउँबाट राहत नपाएको उनीहरुको गुनासो रहेको छ ।

विपदमा परेको यो परिवारलाई पहिरो रोक्नका लागि नत स्थानीय सरकारले त्रिपालको व्यवस्था गरेको छ । नत अन्य कुनै सरकारले सहयोग गरेको मृतक शेर बहादुर बमका छोरा प्रशान्त बलमे दुखेसो पोख्नुभयो  । घर माथिको भाग निरन्तर बग्दो क्रममा रहेको छ,’उहाँले भन्नुभयो, ‘तत्काल घर छोडेर जाने अन्त ठाउँ कहीँ कतै छैन । वालको लागि तारजाली ल्याउन मात्र दुइ तीन लाख लाग्छ तारजाली खरिद गरेर वाल लगाउन सक्ने अवस्था छैन ।’

‘बिदेश पठाएर ऋण तिर्ने बुबाको सपना अधुरै रह्यो’ 

मृतक शेर बहादुर बमका छोरा प्रशान्त बलमे बिदेश जाने सोच बनाउनुभएको थियो । ऋण गरेर निर्माण गरेको नयाँ घरमाथिबाट आएको पहिरोले बुबाको ज्यान लिएपछि प्रशान्त बम अहिले ऋण कसरी तिर्ने भन्ने ठुलो पीर छ । घर बनाउँदा लिएको ऋणको लागि साहुहरु घरमा आएर सताउँछन्,’उहाँले भन्नुभयो, ‘बुबाले छोरा बिदेश जादैछ । बिदेश गएपछि सबै ऋण तिर्ज त्यहाँसम्म पर्खनुस भनेर पठाउँनुहुन्थ्यो । बुबाको मृत्युपश्चात् के गरौँ ठूलो पीर परेको छ ।’

नयाँ घर निर्माण सम्पन्न गरेर नयाँ घरको रङ्गरोगन गर्न बाँकी थियो । रङरोगन गर्नका लागि बिदेश गएर गर्ने र साहुको ऋण पनि बिदेश गएर तिर्ने सोच बनाउँदै प्रशान्त बम कोरियन भाषा पढ्का लागि काठमाडौँ पुग्नुभएको थियो । एक वर्षसम्म कोरियन भाषा पढेर उहाँको कोरिया जाने इच्छा र ऋण तिर्ने इच्छा अधुरै रह्यो । अन्त उनी इपिएस परिक्षामा एक नम्बरले मात्र फुत्किएको उहाँले बताउनुभयो  ।

बिदेश गएर ऋण तिरौँला, घरको धुरिधजासँगै रङरोगन गरौँला भन्ने सोच बनाएको थिए,’उहाँले भन्नुभयोे, ‘उता बिदेश जाने सपना अधुरै रह्यो, यता बाबा सधैँका लागि अस्ताउनुभयो ।’
पहिरोका कारण बाबाको मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी प्रशान्तको काँधमा आएको छ । पहिले घर बनाउँदा बुबाले के कति र को कोसँग ऋण सापटी समेत प्रशान्तलाई जानकारी छैन । बुबालाई बुबालाई कस्को के कति ल्याउन दिन छ भनेर डायरीमा नोट गर्न अनुरोध गर्थे तर, बुबाले म ज्यूँदै छु केही समस्या पर्दैन भन्ने बाबोको जबाफलाई सम्झिँदै गहभरि आशु ल्याउँदै उहाँ भन्नुहुन्छ्,’उ बेला ल्याउनुपर्ने र दिनुपर्ने पैसाबारे डायरिमा टिपौँ भन्दा बुबाले मान्नुभएन । म छँदै केही समस्या हुँदैन भन्नुभयो । अहिले समस्या भएको छ ।’

काम गरेको ठाउँबाट​​​​​​​ ल्याउनपर्ने पैसामध्य सबै आफूलाई जानकारी नभएको प्रशान्त बताउँनुहुन्छ । आफूलाई जानकारी भएको मध्य श्री कृष्ण माध्यामिक विद्यालय ठाटीकाँधको भवन बनाउँदा ढुंङ्गा फोरेको पैसा पाएका छैनौँ,’उहाँले भन्नुभयोे, ‘भवन निर्माणको ठेक्का चामुण्डावीन्द्रासैनी नगरपालिकाको ठेकेदार उपेन्द्र बोहोराले पाउनुभएको थियो । उहाँसँग बुबाले धेरैपटक पैसा माग्नुभयो तर, दिनुभएन ।  उहाँकै भवन निर्माणका लागि बुबाले ढुंङ्गा फोर्ने काम गर्नुहुन्थ्यो । बोहोराबाट करिब तीन लाख रुपैँया ल्याउनुपर्नेछ पाएका छैनौँ ।’

 


 
 

प्रतिक्रिया